नक्कली फेसबुक आइडी बनाएर एक नाबालिकासँग सम्बन्ध बढाउँदै बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सौगात महर्जन नामको नक्कली फेसबुक एकाउन्टबाट काभ्रेपलाञ्चोक, पनौती नगरपालिका–१ स्थायी घर भई हाल ललितपुरको पाटनस्थित सुन्धारा बस्ने वर्ष २१ का सुजन श्रेष्ठले पीडित नाबालिकासँग निकटता बढाएर विभिन्न धम्कीका साथ बलात्कार गरेको प्रहरीले जनाएको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार विगत २ महिना अगाडि मात्र पीडितसँग साथी बनी सुरू भएको चिनजान अगाडि बढ्दै जाँदा सुजनले बारम्बार भिडियो