काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रम पटक–पटक स्थगित गरिएको छ ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार पारिएको घोषणापत्र शनिबार बेलुका नै सार्वजनिक गर्ने तयारी थियो । तर, प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा व्यस्त रहेको भन्दै त्यो दिन सार्वजनिक...