‘कालोपोथी’ निर्देशक मीन भाम कांग्रेसको घोषणापत्र तयारी समिति सदस्यमा मनोनित

काठमाडौं । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कांग्रेसको घोषणापत्र तयारी समितिमा ‘कालोपोथी’ फेम्ड निर्देशक मीन भाम मनोनयन भएका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेका थिए । निर्देशक भाम मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा सिफारिस भैसकेका […]