कांग्रेसको घोषणापत्र : 'वार्षिक अढाइ लाख नयाँ रोजगारी सिर्जना गर्नसक्ने विश्वास'

नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा समितिका संयोजक स्वर्णिम वाग्लेले कांग्रेसको घोषणापत्र यथार्थपरक रहेको दाबी गरेका छन् । शनिवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र यस्तो बताएका हुन् ।वाग्लेले दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरू  राखिएको बताए । उनले युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ स्रोतहरूको विषयलाई प्राथमिकता दिएको पनि बताए

सम्बन्धित सामग्री

कांग्रेसको घोषणापत्र : ७ प्रतिशतको आर्थिक वृद्धि, साढे १२ लाख नयाँ रोजगारी

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने चुनावी बाचा गरेको छ । शनिबार सार्वजनिक चुनावी घोषणापत्रमा कांग्रेसले सूचनाप्रविधि, उद्योग, पर्यटन, निर्माण यातायातलगायतका क्षेत्रमा वार्षिक साढे २ लाख नयाँ रोजगारी सिर्जना गर्ने संकल्प गरेको हो । नेपाल श्रमशक्ति सर्वेक्षणको आँकडाअनुसार नेपालका करिब ७० लाखभन्दा बढी जनसंख्या विभिन्न […]