काठमाडौं : राजधानीको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा बिहीबार अंग्रेजी नाटक 'स्टप किस'को मञ्चन सुरु भएको छ।वन वर्ल्ड थिएटरको प्रस्तुति तथा लुनिभा तुलाधरको निर्देशनमा नाटक मञ्चन् भएको हो।समलिंगी महिलाको प्रेमकथामा आधारित नाटक अमेरिकी नाटककार डायना मिया सनले लेखेकी हुन्।'स्टप किस' पहिलो पटक सन् १९९८ मा न्युयोर्कको द पब्लिक थिएटरमा मञ्चन भएको थियो। जो बोनीको निर्देशनमा तयार भएको नाटक यति धेरै चलेको थियो कि प्रदर्शन समय तीन/तीन पटक थप्नु परेको थियो।