काठमाण्डाै - दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति ज्याकोब जुमाको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको छ । जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै उहाँको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको हो । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भेला भएका प्रदर्शनकारीहरुले यातायात सेवा ठप्प पारेर प्रदर्शन गरेका छन् ।
प्रहरीले ६० जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ । प्रदर्शनकारीहरुले जुमा निर्दोष रहेको भन्दै रिहा नगरेसम्म आन्दोलन फिर्ता नलिने चेतावनी दिएका छन् । उनीहरुले ठाउँ-ठाउँमा आगजनी र तोडफोड गरेका छन् । अशान्ति बढ्दै गएपछि दक्ष...