काठमाण्डाै – अनलाइन माध्यमबाट ठगी गरेको अभियोगमा काठमाण्डाै नेपालटार बस्ने रुकुमका २३ वर्षीय विकास गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।गुरुङलाई अनलाइनमार्फत ठगी गरेको १९ लाख ६० हजार रुपैयाँसहित आज साेमवार पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । उनले वाट्सएप प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क गरी चिट्ठा परेको, विदेशबाट सामान आएको र सामान लिन तथा चिट्ठामा दाबी भुक्तानी लिन कर तिर्नुपर्ने भन्दै बैंक खातामा रकम जम्मा गर्न लगाएका थिए ।ठगीको उजुरी र सूचनाको आधारमा महानगरीय अपराध महाश...