श्रीलंकाले इन्धन आयातका लागि सहयोग गर्न रुससँग अनुरोध गरेको छ । विदेशी सञ्चितिको अभावमा इन्धन झेलिरहेका बेला श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले इन्धन आयातका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहयोग मागेका हुन् । श्रीलंका सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछिको सबैभन्दा नराम्रो आर्थिक संकटको सामना गरिरहेको छ । पुटिनसँग ‘धेरै फलदायी’ छलफल भएको राष्ट्रपतिले बताएका छन् ।दुई दिनअघि मात्र श्रीलंकाका उर्जामन्त्रीले देशमा तेल सिद्धिएको बताएका थिए । तेल नहुँदा विद