घ्यू तेल उत्पादक संघले दियो खाने तेलको मूल्य बढ्नुको कारण, कृतिम अभाव नगर्न आग्रह

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले कच्चा पदार्थको मूल्य बढेको कारण प्रशोधित खाने तेलको मूल्य बढेको जनाएको छ । नेपालमा कच्चा पदार्थ शतप्रतिशत तेश्रो मुलुकवाट आयात गर्नु परेकोले अन्तराष्ट्रिय वजारमा कच्चा पदार्थ को मुल्यमा हुने उतारचढाव अनुसार नै स्थानिय वजारको मुल्य निर्धारण गर्ने प्रक्रिया यहाँका उद्योगहरुको वाध्यता रहेको संघले जनाएको छ ।संघका अनुसार संघमा आवद्ध रहेका २२ वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगहरुले आ–आफ्ना उत्पादनहरु सोयाविन तेल, सनफ्लावर तेल ईत्यादी उत्पादन गरी स्थानिय वजारमा विक्री वितरण र नियमित रुपमा आपुर्ति समेत गर्दै आईरहेका छन् । उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल, क्रुड पाम आयल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानाडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात नै गर्नुपर्दछ । जसमा क्रुड सनफ्लावर तेल ९५%–देखी १००% र तोरीको गेडा ६०%–देखी ८०% युक्रेनवाट मात्र आयात हुने गरेको  छ।संघले भनेको छ 'उद्योगहरुले विगतमा विश्वमा फैलिएको महामारी ऋयखष्म–ज्ञढ को समयमा समेत खाने तेलको आपुर्तिमा कमि हुन नदिई स्थानिय विक्रीलाई निरन्तर रुपमा कायम नै राखेका थिए । हालैका दिनमा रसिया र युक्रेनमा भएको युद्धकालको परिस्थिति अप्राकृतिक हो र यो सधै सम्म रहन सक्दैन । विश्व वजारमा नै कच्चा तेलहरुको अभाव सिर्जना भई क्रुड आयलहरुको मुल्यमा अस्वाभाविक रुपमा करीव ४० देखी ५० प्रतिशत सम्म वृद्धि हुन पुगेको छ जुन हालसम्म कै ऐतिहासिक मुल्यवृद्धि रहेको छ । साउथ अमेरीकामा भएको भिषण सुख्खायाम, मलेसीया र ईन्डोनेशियामा भएको श्रमिकको समस्या र खराव मौसमले गर्दा ४०% वाली विग्रको कारणले क्रुड खाने तेलहरुको मुल्य जनवरीमा नै ऐतिहासिक विन्दुमा पुगिसकेको थियो । औसत रुपमा हेर्दा मार्च २०१९ मा अमेरिकी डलर ७००  रहेको वजार मुल्य जनवरी २०२२ मा औसत अमेरिकी डलर १५००  मा पुगिसकेको थियो । रसिया र युक्रेनको युद्धले आपुर्तिमा झन आगोमा घ्यू थपियो । 'संघका अनुसार आपूर्तिकर्ताहरुले फरवरी, मार्च देखी चलानी हुने सवै सनफ्लावर तेलको र तोरीको गेडाहरु सौदा÷चलानहरु समेत रद्ध गरीसकेका छन् र अन्य तेलको लागी सिपमेन्टमा विलम्व रहेको सुचना सम्वन्धित आयातकर्ताहरुलाई गराईसकेका छन्। यसवाट उद्योगहरुले गर्ने आयातमा समेत प्रत्यक्ष रुपमा गम्भिर असर पर्न गएको अवगत गराउदैयस विषम परिस्थितिमा समेत सवै उद्योगहरुले क्रुड आयलको अन्तराष्ट्रिय वजार मुल्य अनुसार स्थानिय वजारमा मुल्यलाई स्थिर राख्नका लागी र आ–आफ्नो क्गउउथि ऋजबष्ल नब्रिगियोस भनी अथक प्रयास गर्दै आईरहेका छन्।  यस विषम परिस्थितिमा उपभोक्ताहरुले समेत तेलको दैनिक खपतमा सकेसम्म धैर्यधारण गरी हल्ला र भयको भरमा कृतिम अभावको सिर्जना नगरी दिनका लागी यस संघले अपिल गरेको छ।  संघका सदस्य उद्योगहरुवाट आपुर्ति अवस्थालाई सुचारु राखी कृतिम रुपमा मुल्यवृद्धि नगर्ने र योविषम परिस्थिति सम्पुर्ण विश्वले नै भोगिरहेकोले आउँदो दिनमा पक्कै केहि न केहि समाधान हुने विश्वास राख्दै उद्योगहरुसँग कच्चा तेलको मौज्दात र उपलव्धता रहेसम्म आपुर्तिमा कुनै कमि नहुने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।संघका अनुसार खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मुल्य अभिवृद्धि कर १३ प्रतिशत भएको साथै कच्चा पदार्थको मुल्यमा भएको दोब्वर भन्दा वढि वृद्धिका कारण गत वर्षमा महशुल सरदर रु २०÷– प्रति लि. रहेकोमा हाल सरदर रु ६५÷– प्रति लि. भन्दा वढी पुगीसकेको छ । उपभोक्ताहरुलाई राहत दिनका लागी श्रीलंका, भारत लगायतका देशहरुले आफ्नो देशमा आयात हुने भन्सार महशुलमा उच्चतम कटौती समेत गरीसकेका छन् । अतः नेपाल सरकारले समेत हाल कायम रहेको भन्सार महशुल र मु.अ.करमा पुर्नविचार गरीदिन  संघले अनुरोध गरेको छ।