लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेशसभामा अर्थसम्बन्धी विधेयक प्रस्तुत गरेका छन् । यस क्रममा उनले चालु आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेटको व्यवस्था गरेका छन् ।प्रदेशमा नयाँ सरकार गठन भएको र नयाँ सरकारको सोच तथा प्राथमिकतालाई समाहित गरी बजेट तथा वार्षिक कार्यक्रम तर्जुमा गर्न आवश्यक भएकाले अर्थसम्बन्धी विधेयक ल्याइएको उनले बताए । कुल विनियोजनमध्ये चालुतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार, पुँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख ९४ हजार