संघीय सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका लागि विभिन्न योजना समेटिएको छ । संघीय संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष सञ्चालित विभिन्न योजनाले निरन्तरता पाएको छ । केही नयाँ क्षेत्रमा पनि बजेट विनियोजन भएको छ ।दाङको राप्ती राजमार्गअन्तर्गतको अमिलिया–तुलसीपुर–सल्यान लगायत सडक स्तरवृद्धिका लागि ३ अर्ब १२ करोड बजेट विनियोजन गरिएको छ । भैरहवास्थित विमानस्थल र सेजलाई पनि आवश्यक बजेट छुट्याइएको छ ।अर्