लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको बजेट खर्चको अवस्था अहिलेसम्म निराशाजनक देखिएको छ । चालु खर्चको तुलनामा पुँजीगत खर्च निकै कम देखिएको हो ।लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ को १० महिनामा पुँजीगत बजेटको खर्चदर जम्मा ४६.१७ प्रतिशत छ । चालुतर्फ भने १७ अर्ब २१ करोड बजेटमध्ये ९ अर्ब १८ करोड अर्थात् ५३.३६ प्रतिशत खर्च भएको छ ।चालु आर्थिक वर्षका लागि छुट्याइएको २० अर्ब २४ करोड विकास बजेटमध्ये वैशाख मसान्तसम्म ९ अर्ब ३४ करोड ४६ लाख खर्च भएको छ । आर्थिक वर्षको बाँकी