लुम्बिनी प्रदेशमा बजेट खर्च उत्साहजनक रूपमा हुन नसकेको पाइएको छ । चालू आर्थिक वर्षको जेठ १५ गतेसम्म प्रदेश सरकारले पुँजीगत तर्फको ४०.४८ प्रतिशतमात्रै बजेट खर्च गरेको हो । यस्तै चालु तर्फ पनि ४१ प्रतिशत खर्च भएको छ ।प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्ष ०७८–०७९ मा पुँजीगत बजेट तर्फको २२ अर्ब ४७ करोड १५ लाख ९४ हजार मध्ये जेठ १५ गते सम्म ९ अर्ब खर्च भएको छ । यस्तै चालु तर्फ १८ अर्ब ४८ करोड मध्ये ७ अव ५६ करोड खर्च भएको