लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जम्मा ४५ प्रतिशतमात्र बजेट खर्च गरेको छ । प्रदेश सरकारले पुँजीगत तर्फ ४५.१८ प्रतिशत र चालुतर्फ ४५.६१ प्रतिशत खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालय, बुटवलका अनुसार लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षमा पुँजीगत तर्फको २२ अर्ब ४७ करोड १५ लाख ९४ हजारमध्ये जेठ मसान्तभित्र १० अर्ब १ करोड खर्च भएको छ । यस्तै चालुतर्फ १८ अर्ब ४८ करोडमध्ये ८ अर्ब ४३ करोड खर्च भएको छ ।पुँजीगत तर्फको करिब १२ अर्ब रकम प्रदेश सरकारले एक महिनामा खर्च गर्न नसक्