सरकारले जारी गरेको आर्थिक वर्ष २०७९÷८० को बजेटमा दोलखाको फिल्म सिटी, काभ्रेमा इन्डोर स्टुडियो, चलचित्र निर्माण, वितरण र प्रदर्शन लगायत तीनै पक्षमा करोडभन्दा माथि कारोबार गर्नेको आयकरमा ५० प्रतिशत छुट लगायतका विषय समेटिएका छन् ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा फिल्म क्षेत्रका यी विषय समेटिए पनि फिल्मकर्मी भने बजेटप्रति सन्तुष्ट छैनन् । बजेटले पुरानै विषय दोहोर्याएको र फिल्मकर्मीलाई खासै सम्बोधन गर्न नसकेको उनीहरूको गुनासो छ । ब