काठमाण्डाै – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराश हुन नदिने गरी काम गर्ने बताउनुभएको छ ।
शुक्रवार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीलाई निराश हुन नदिने गरी काम गर्ने बताउनुभएको हो । उहाँले सरकारले व्यवसायीको माग र सुझावहरूलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट विस्तारै सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले उद्योगी व्यवसायीले उठाएका उचित मागलाई सकार...