एउटा लाश चिच्याउँछे मध्यरातमा र न्याय माग्छे चिहाउछे सबै जेलका कैदीहरु र हिरासतका थुनुवाहरु देख्दिन आफ्नो हत्यारा अनि उ फेरी मर्छे । पोष्टमाटममा मृत्युको कारण देखिन्छ न्याय नपाएको । आजकल मेरो देशमा धेरै लाशहरु निराश छन् । कानुनका दफारउपदफाहरु सवै वनवास छन् । …….. नजन्मिएका छोरीहरु चिच्याउँछन्, मर्नु परेको आक्रोशमा आफ्नै वा को विरुद्ध उजुरी […]