बजेटको पैसा झण्डै तीन खर्ब रुपैयाँ सरकारी कोष (केन्द्रीय बैंक) मा नै थुप्रिँदा बजारमा तरलता प्रवाहमा समस्या आइरहेको छ । सरकारी खर्च (विकास खर्च) निर्माण तथा परियोजनाहरूमा खर्च नहुँदा बजारमा वित्तीय कारोबारको चेनमा प्रभाव पर्न गई बैंकहरूमा तरलताको समस्या आएको हो ।नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा यस्तो सरकारी खर्च (डिपोजिट) दुई खर्ब ९४ अर्ब ८९ करोड ४४ लाख रुपैयाँ केन्द्रीय बैंकमा नै थुप्रिएको छ । तर, यता बैंक तथा वित्तीय संस्थाहरू भने तरलता (लगानीयोग्य रकम) नपाएर छ