सरकारले तिर्नुपर्ने ऋणको अंश बढ्दै गएको छ । अर्थ मन्त्रालयलका अनुसार सरकारलाई अहिले १४ खर्ब ९१ करोड ५६ लाख रुपैयाँ ऋण छ । यो रकम साउनको तुलनामा ८८ अर्ब २० करोड रुपैयाँले धेरै हो । गत साउनमा सरकारको सार्वजनिक ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ थियो ।चालु आर्थिक वर्ष ( २०७७/७८) को मंसिरसम्म सरकारको थाप्लोमा परेको सो ऋणमा वैदेशिक ऋण मात्र ८ खर्ब २० अर्ब ८२ करोड रुपैयाँ रहेको छ । यस्तै ६ खर्ब ७० अर्ब ७४ करोड रुपैयाँ आन्तरिक ऋण रहेको अर्थ मन्त्रालयले प्रकाशित गरेको मासिक तथ्यांकले देखाउँछ । सरक