चालू आर्थिक वर्षको छ महिनामा झण्डै रु पाँच खर्ब बराबरको विप्रेषण भित्रिएको छ । केन्द्रीय बैंकका अनुसार सो अवधिमा कूल रु चार खर्ब ९५ अर्ब ३१ करोड बराबरको विप्रेषण मुलुकभित्र भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको आर्थिक विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई चार अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.९ प्रतिशतले बढेको थियो ।
...