दामन सिमभन्ज्याङमा हिउँ परेपछि पर्यटकको भिड, व्यापारीहरु उत्साहित

हेटौँडा : मकवानपुरको उत्तरी क्षेत्र दामन सिमभन्ज्याङमा हिउँ परेपछि उक्त क्षेत्रका व्यापारीहरु उत्साहित भएका छन्। काठमाडौं, चितवन, रक्सौल, वीरगंजदेखि हिउँ प्रेमीहरु यहाँ हिउँ खेल्न आएका छन्। दैनिक पर्यटकहरुको भिड लाग्दा उक्त क्षेत्रका होटलहरु भरिभराउ छन् भने यहाँका व्यवसायीहरुलाई भ्याई नभ्याई छ। बुधवार परेको हिउँ खेल्न पहिलो दिनमै ४ हजार भन्दा…

सम्बन्धित सामग्री

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हिमपातका कारण दुई दिनदेखि अवरुद्ध त्रिभुवन राजपथ आज बिहानैबाट सञ्चालनमा आएको छ । थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ तथा अघोर क्षेत्रमा सडक ढाक्ने गरी डेड फिटसम्म  हिउँ परेपछि  शुक्रबार र शनिबार राजमार्ग अवरुद्ध बनेको थियो ।जेसिबी प्रयोग गरी सडकमा जमेको हिउँ हटाइ सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । सडक सञ्चालन भएसँगै काठमाडौँबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौँतर्फ जाने सवारी पुन ः सञ्चालनमा आएका छन् ।

हिउँले सेताम्मे दामन र सिमभञ्ज्याङ (फोटोफिचर)

उत्तरी क्षेत्र मकवानपुरको दामन र सिम्भञ्ज्याङ हिउँले सेताम्मे भएको छ । मकवानपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको  दामन–सिम्भञ्ज्याङ क्षेत्रमा शुक्रबार बिहानै देखि बाक्लो मात्रामा हिउँ परेपछि सेताम्मे देखिएको हो । बागमती प्रदेशको राजधानी हेटौंडाबाट ७० किलोमिटर उत्तर र संघीय राजधानी काठमाडौँबाट ८० किलोमिटर दक्षिणमा अवस्थित दामन-सिम्भञ्ज्याङ क्षेत्रमा करिव एक फुट सम्म हिउँ जमेको स्थानीयहरु बताउँछन् । दुई हजार ४ सय ८८ मिटर उँचाइ रहेको सिम्भञ्ज्याङ मकवानपुरकै

दामनमा एक फिटभन्दा बाक्लो हिउँ

हेटौंडा – मकवानपुरको सिमभञ्याङ र दामन आसपासको क्षेत्रमा तेस्रो पटक हिमपात भएको छ। बिहीबार रातिदेखि वर्षासँगै हिमपात हुँदा सिमभञ्जाङ र दामन क्षेत्रमा एक फिटभन्दा बाक्लो हिउँ परेको छ। हिमपातका कारण सो क्षेत्र हुँदै जाने त्रिभुवन राजपथ अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। काठमाडौँ उपत्यकाका अग्ला डाँडाहरु फूलचाेकी, शिवपुरी, चन्द्रागिरीलगायतमा समेत शुक्रबार बिहान […]

दामन–सिमभञ्ज्याङ क्षेत्रमा हिमपात, त्रिभुवन राजपथ अवरुद्ध

मकवानपुरको उत्तरी क्षेत्रमा हिमपात भएको छ । उत्तरी मकवानपुरको दामन–सिमभञ्ज्याङ क्षेत्रमा शुक्रबार रातिदेखि बाक्लो मात्रामा हिमपात भएको हो । योसँगै यसवर्ष यस क्षेत्रमा तेस्रोपटक हिमपात भएको हो । त्यस क्षेत्रमा करिब एक फिटसम्म हिउँ जमेको छ इलाका प्रहरी कार्यालय पालुङ्गले जनाएको छ । हिउँ परेपछि अहिले त्रिभुवन राजपथ बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हाल हेटौंडाबाट जाने सवारीलाई गोलमोडमा र पालुङतर्फबाट आउने सवारीलाई दामनमा रोकिएको छन् । सडकमा हिउँ जमेको कारण सवारी

हिउँ पन्छाएपछि त्रिभुवन राजपथ खुल्यो

वर्षा र हिउँका कारण बुधबार बिहानदेखि बन्द रहेको त्रिभुवन राजपथ सडक खुलेको छ । बुधबार रातिदेखि वर्षा रोकिएपछि बिहीबार बिहानैदेखि सडक खुलाउने प्रयास भएको थियो । सडकमा भएको हिउँ पन्छाएर यातायात सेवा खुलाइएको इलाका प्रहरी कार्यालय पालुङ्गले जनाएको छ ।करिव ४८ घण्टापछि सो सडक खण्डमा यातायातका साधनहरु चल्न सुरु भएको हो । थाहा नगरपालिकाको सिमभञ्ज्याङ, दामन र अघोर लगायतका स्थानमा परेको हिउँ जेसिबी लगाएर पन्छाएपछि बिहीबार साँझ ५ः३० बजेबाट दुईतर्फी रुपमा यातायात सेवा संचालनमा आएको इलाका प्रहरी कार्यालय पाल

हिर्काइदिउँ हिउँले? चिसोमा रमाउँदै गरेका मानिसहरुको दृश्य

काठमाडौं : राजधानी उपत्यका वरपरका डाँडा सेताम्मे भएपछि धेरैको रहर हुन्छ - हिउँ खेल्ने। त्यसैले धेरै लाग्छन् त्यही ठाउँमा जहाँ सजिलै पुगिन्छ। कुनै बेला हिउँ खेल्न दामन पुग्नेहरु हुन्थे। त्यसपछिको गन्तब्य बन्थ्यो गोदावरीको फुलचोकी। बाटो खुलेका ठाउँमा मानिसहरु हिउँ खेल्न जानु स्वभाविक थियो। नगरकोटमा पुग्नेहरु पनि उत्तिकै हुन्थे। लाकुरीभञ्ज्याङ पनि…

मकवानपुरको उत्तरी क्षेत्र दामनमा हिउँ पर्यो

मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्य उत्तरी क्षेत्रको विभिन्न स्थानमा आज बिहानदेखि हिउँ परेको छ । जिल्लाको थाहा नगरपालिकाको दामन, सिमभञ्ज्याङ तथा अघोर लगायतका स्थानमा बिहानैदेखि हिउँ परेको हो ।बुधबार बिहानदेखि थाहा नगरपालिकाको २ हजार ४ सय ८८ मिटर उचाईमा रहेको सिमभञ्ज्याङमा हरेक वर्ष जाडोयाममा हिउँ परेको छ । उक्त क्षेत्रमा परेका हिमपातले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए ।उनका अनुसा

हिउँ हटाएपछि त्रिभुवन राजपथमा गाडी चल्न थाल्यो

मकवानपुर - सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि गाडी चल्न थालेकाे छ । सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ हटाएपछि सडक सञ्चालन भएको हो ।  मकवानपुरको सीमभञ्ज्याङकाे सडकमा हिउँ जमेका कारण आज बिहानैदेखि यातायात अवरुद्ध हुँदा हेटौँडा र काठमाण्डौबाट छुटेका सवारी साधन सीमभञ्ज्याङ क्षेत्रमा रोकिएका थिए ।  सडकमा हिउँ जम्नाका साथै आज बिहान तुषारो जमेपछि त्रिभुवन राजपथमा जोखिम बढेको सडक विभागका कर्मचारी गणेश खत्रीले जान...

काठमाण्डौको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस, दिउँसोको समयमा गर्मी बढ्ने अनुमान

काठमाण्डाै - हिमपातका कारण अहिले काठमाण्डौसहित देशका धेरै ठाउँमा चिसो छ ।  हिजो काठमाण्डौसहित धेरैजसो उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको थियो ।  काठमाण्डौ उपत्यका वरपरका शिवपुरी, चन्द्रागिरी, फूलचोकीसहित नगरकोट क्षेत्रमा हिजो हिउँ परेको छ ।  मकवानपुरको दामन र पालुङ, दोलखाको कालीन्चोकसहित गौरीशङ्कर संरक्षण क्षेत्रका विभिन्न ठाउँ र सिन्धुपाल्चोकका हिमाली क्षेत्रमा पनि हिउँ परेको छ ।  सुदूरपश्चिमका हिमाली जिल्लामा भने गएको बिहीवार, शुक्रवारदेखि नै हिमपात सुरु भएको थियो । पश्चिमी वाय...