वर्षा र हिउँका कारण बुधबार बिहानदेखि बन्द रहेको त्रिभुवन राजपथ सडक खुलेको छ । बुधबार रातिदेखि वर्षा रोकिएपछि बिहीबार बिहानैदेखि सडक खुलाउने प्रयास भएको थियो । सडकमा भएको हिउँ पन्छाएर यातायात सेवा खुलाइएको इलाका प्रहरी कार्यालय पालुङ्गले जनाएको छ ।करिव ४८ घण्टापछि सो सडक खण्डमा यातायातका साधनहरु चल्न सुरु भएको हो । थाहा नगरपालिकाको सिमभञ्ज्याङ, दामन र अघोर लगायतका स्थानमा परेको हिउँ जेसिबी लगाएर पन्छाएपछि बिहीबार साँझ ५ः३० बजेबाट दुईतर्फी रुपमा यातायात सेवा संचालनमा आएको इलाका प्रहरी कार्यालय पाल