मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्य उत्तरी क्षेत्रको विभिन्न स्थानमा आज बिहानदेखि हिउँ परेको छ । जिल्लाको थाहा नगरपालिकाको दामन, सिमभञ्ज्याङ तथा अघोर लगायतका स्थानमा बिहानैदेखि हिउँ परेको हो ।बुधबार बिहानदेखि थाहा नगरपालिकाको २ हजार ४ सय ८८ मिटर उचाईमा रहेको सिमभञ्ज्याङमा हरेक वर्ष जाडोयाममा हिउँ परेको छ । उक्त क्षेत्रमा परेका हिमपातले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए ।उनका अनुसा