दामन-सिमभन्ज्याङमा हिउँ खेल्न आन्तरिक पर्यटकको लर्को, व्यापारी उत्साहित (फोटो फीचर)
हेटौंडा। मकवानपुरको उत्तरी क्षेत्रमा दामन, सिमभन्ज्याङमा हिउँ परेपछि उक्त क्षेत्रका व्यापारीहरु उत्साहित भएका छन्। हिउँ खेल्न आन्तरिक पर्यटकको लर्को लागेपछि व्यवसायी उत्साहित
बागलुङ : नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन पर्यटकीय हिसाबले पनि निकै चर्चित ठाउँ हो। यहाँ आन्तरिकसँगै वाह्य पर्यटकसमेत आउने गर्छन्।विदेशी पर्यटक वर्षको दुई पटक यहाँ आउने गर्छन् भने आन्तरिक पर्यटक बाह्रै महिना पुग्ने गर्छन्। विदेशी पर्यटक असोजदेखि मंसिर र फागुनदेखि बैसाखको बीचमा सिकार खेल्नका लागि मात्र आउने गर्छन् भने आन्तरिक पर्यटक हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्न ढोरपाटन पुग्छन्।तर ढोरपाटन जति चर्चित छ, त्यति पर्यटक भने पुग्न सकेका छैनन्। त्यसको मुख्य कारण हो- सडक। राष
रुकुम (पूर्व)- हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा नआउँदा यात्रु समस्यामा परेका छन् । गत माघ १८ गतेदेखि सो सडकमा यातायातका साधन गुड्न सकेका छैनन् ।सडकमा पाँच फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले जानकारी दिए । जमेको हिउँ तत्काल हटाउने सम्भावना नरहेको जनाइएको छ । हिउँ खेल्न अहिले आन्तरिक पर्यटक […]
तनहुँ । गण्डकी प्रदेशको प्रवेश नाका तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा हिमपात भएपछि पर्यटकको चहलपहल भएको छ । ४३ वर्षपछि छिम्केश्वरीमा हिउँ परेपछि आन्तरिक पर्यटक हिउँ खेल्न पुगेका छन् । महाभारत पर्वत शृङ्खलाअन्तर्गत जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको यस ठाउँमा शुक्रबार हिमपात भएपछि हिउँ खेल्न आन्तरिक पर्यटक छिम्केश्वरी पुगेका हुन् । हिमपातसँगै छिम्केश्वरीमा शुक्रबार बिहानैदेखि […]
धनगढी – सुदूरपश्चिमका पहाडी क्षेत्र आन्तरिक पर्यटकले भरिएका छन्। बिहीबारदेखि भएको हिमपातपछि तराईबाट हिउँमा खेल्न पहाड जाने पर्यटक बढेका हुन्। हिउँको दृश्य अवलोकन गर्न पहाड चढेको धनगढीका समीर भण्डारीले बताए। ‘मैले अहिलेसम्म हिउँमा खेल्न पाएको थिएन,’ उनले भने, ‘यसवर्ष हिउँ खेल्न पहाड चढेको हुँ।’ कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ का योगेन्द्र जोशीले पनि हिउँ खेल्न साथीसँग पहाड […]
लमजुङको स्मार्ट भिलेज घलेगाउँमा बाक्लो हिमपात भएसँगै हिउँ खेल्न आन्तरिक पर्यटक घलेगाउँ पुगेका छन् । दुई दिनदेखि निरन्तर हिमपात भएको घलेगाउँमा हिउँ खेल्न छिमेकी जिल्ला तनहुँसहित जिल्लाका आन्तरिक पर्यटकहरू घलेगाउँ...