मकवानपुरको उत्तरी क्षेत्रमा हिमपात भएको छ । उत्तरी मकवानपुरको दामन–सिमभञ्ज्याङ क्षेत्रमा शुक्रबार रातिदेखि बाक्लो मात्रामा हिमपात भएको हो । योसँगै यसवर्ष यस क्षेत्रमा तेस्रोपटक हिमपात भएको हो । त्यस क्षेत्रमा करिब एक फिटसम्म हिउँ जमेको छ इलाका प्रहरी कार्यालय पालुङ्गले जनाएको छ । हिउँ परेपछि अहिले त्रिभुवन राजपथ बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हाल हेटौंडाबाट जाने सवारीलाई गोलमोडमा र पालुङतर्फबाट आउने सवारीलाई दामनमा रोकिएको छन् । सडकमा हिउँ जमेको कारण सवारी