काठमाण्डौको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस, दिउँसोको समयमा गर्मी बढ्ने अनुमान

काठमाण्डाै - हिमपातका कारण अहिले काठमाण्डौसहित देशका धेरै ठाउँमा चिसो छ ।  हिजो काठमाण्डौसहित धेरैजसो उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको थियो ।  काठमाण्डौ उपत्यका वरपरका शिवपुरी, चन्द्रागिरी, फूलचोकीसहित नगरकोट क्षेत्रमा हिजो हिउँ परेको छ ।  मकवानपुरको दामन र पालुङ, दोलखाको कालीन्चोकसहित गौरीशङ्कर संरक्षण क्षेत्रका विभिन्न ठाउँ र सिन्धुपाल्चोकका हिमाली क्षेत्रमा पनि हिउँ परेको छ ।  सुदूरपश्चिमका हिमाली जिल्लामा भने गएको बिहीवार, शुक्रवारदेखि नै हिमपात सुरु भएको थियो । पश्चिमी वाय...

सम्बन्धित सामग्री

घट्न थाल्यो तापक्रम, चिसो शुरु हुँदै

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशभर बिहान बेलुका चिसो हुन थालेको छ ।  मौसमविद् गंगा नगरकोटीका अनुसार न्यूनतम र अधिकतम तापक्रम बिस्तारै घट्न थालेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेकोमा आज १५ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ । अधिकतम तापक्रम पनि केही घट्न थालेको मौसमविद् नगरकोटीले बताउनुभयो । असोज महिनाको अन्तिमतिर आइसकेकाले अब चिसो बढ्दै जानेछ । बेलुकीपख चिसो हावा चल्न थालेको छ ।  दिउँसोको समयमा भने गर्मी नै छ । असोज अन्तिम हप्ता आइसक्दा पनि मनसुन भने नेपालबाट पूर्ण रुपमा...

तराई–मधेसमा चल्यो लु, लुबाट कसरी जोगिने ?

तराई–मधेसका विद्यालयमा गर्मी बिदा तराई–मधेसमा अत्यधिक गर्मी बढेको छ । प्रिमनसुनको उत्तरार्द्धमा वर्षा गराउने जलवायुजन्य गतिविधि निष्क्रियप्रायः बनिदिएपछि मुलुकभर अधिकतम र न्यूनतम तापक्रम उकालो लागेर गर्मी बढेको हो ।  मध्यतराईमा अधिकतम तापक्रम ४२ डिग्री...

माघको दोस्रो हप्तामै गर्मी बढ्यो : अबकाे तीन दिन मौसम सफा रहने अनुमान

काठमाण्डाै - माघको दोस्रो हप्तामै गर्मी बढ्न थालेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसोमा गर्मी महसुस गर्न थालिएको छ । बिहान र बेलुका केही चिसो भए पनि दिउँसो घाम चर्किने गरेको छ । काठमाण्डौमा पछिल्लो २४ घण्टामा न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने उच्चतम तापक्रम २२ दशमलव ८ डिग्री पुगेको छ । काठमाण्डौ उपत्यकामा उच्चतम तापक्रम बढ्दो छ । त्यस्तै दिपायलमा उच्चतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ । दिपायलमा न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ । नेपालगञ्ज र भैरहवामा पनि ता...

पानी नपर्दा तापक्रम वृद्धि, गर्मी बढ्यो

काठमाण्डाै - तापक्रम बढ्दा देशभर गर्मी बढेको छ । आज पनि बिहानैदेखि देशका धेरै ठाउँमा घाम चर्किएको छ । पानी नपर्दा अधिकतम तापक्रम र न्यूनतम तापक्रम दुवै बढेको छ । यसले गर्दा गर्मी बढाएको छ । हिजो दीपायल र भैरहवाको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस, धनगढीको ३५ दशमलव १, सिमराको ३५,  विराटनगरको ३४ दशमलव ९ डिग्री सेल्सियस, धरानको ३४ दशमलव ४, नेपालगञ्जको ३४ दशमलव ६ र वीरेन्द्रनगरको ३३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै,  बिहान ६ बजेको मापन अनुसार काठमाण्डौको न्यूनतम त...

मनसुन ‘ब्रेक’ हुँदा गर्मी बढ्यो, बिहानै चर्को घाम

काठमाण्डाै - मनसुन ‘ब्रेक’ हुँदा देशभर अधिकतम र न्यूनतम तापक्रम बढेको छ । यसले गर्दा देशभर नै गर्मी बढेको छ । आज पनि बिहानै घाम चर्किएको छ। मौसमविद्का अनुसार पहाडी क्षेत्रका केही ठाउँमा आज हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान गरिए पनि ठूलो वर्षा र झरी पर्ने सम्भावना छैन। मनसुनको न्यून चापीय रेखा औसतभन्दा बढी दक्षिण क्षेत्र अर्थात भारततर्फ सरेका कारण मनसुन ब्रेक भएको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो। उहाँका अनुसार यस्तो बेला खासै पानी पर्दैन । पानी नपर्दा तापक्रम बढेको छ। पछिल्लो २४ घण्टामा धनगढ...

पश्चिम तराईमा गर्मी ह्वात्तै बढ्याे

काठमाडौं । एक साता यता पश्चिम तराईमा गर्मी ह्वात्तै बढेको छ । मौसम परिवर्तनसँगै गर्मी बढ्दा सर्वसाधारणको दैनिक कामकाज प्रभावित हुँदै गएको छ । नेपालगन्जमा देशभरिको सबै भन्दा बढी गर्मी महसुस भएको छ । आइतबार यहाँको अधिकतम तापक्रम ३८ र न्यूनतम तापक्रम २४ डिग्री सेल्सियस पुगेकाे जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएकाे छ । […]

देशभर गर्मी बढ्दो : काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस पुग्यो

काठमाण्डाै - देशभर गर्मी बढ्दो छ । आज पनि देशका धेरै ठाउँको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहेको छ । गएको २४ घण्टामा काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । आज पनि यही आसपासमा अधिकतम तापक्रम पुग्ने मौसमविद् निराजन सापकोटाले बताउनुभयो । यस्तै, धरानको अधिकतम तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । अस्ति धरानको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस मापन गरिएकाे थियाे ।  विराटनगर, जनकपुरसहित देशका धेरै ठाउँमा अस्तिको भन्दा हिजो गर्मी बढेको थियो । मौसमविद् सापकोटाले आज ...

बढ्न थाल्यो तापक्रम, अब बिस्तारै गर्मी बढ्ने

काठमाण्डाै - पानी पार्ने प्रणाली बाहिरिन थालेसँगै तापक्रम बढ्न थालेको छ । बिहान र बेलुका चिसो भए पनि दिउँसाे पारिलो घाम लाग्ने गरेकाले गर्मी बढ्न थालेको छ । जाडोयामको अन्तिमतिर आएकाले पनि अब बिस्तारै गर्मी बढ्दै जाने छ । काठमाण्डौसहित  देशका धेरै ठाउँको अधिकतम र न्यूनतम तापक्रम बढ्न थालेको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस थियो भने आज पनि यही हाराहारीमा पुग्ने अनुमान छ । यस्तै, भैरहवाको अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस, सिमराको २४ दशमलव ६ डिग्री सेल्सियस, विराटनगरको २४ द...

जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्री सेल्सियस

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढ्न थालेको छ । आज जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौको न्यूनतम तापक्रम भने आज ९ डिग्री सेल्सियस छ । बिहान र बेलुका  चिसो भए पनि दिउँसोको समयमा भने घाम चर्किने भएकाले गर्मी हुने गरेको छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।  मौसमविद् वरुण पौडेलका अनुसार आज दिउँसाे पनि देशका धेरै ठाउँमा घाम लाग्ने छ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने हुस्सु लाग्ने अनुमान गरिएको छ ।