व्यवसायी सुमार्गीको पैसा चार वर्षअघि नै नेपाली अर्थतन्त्रमा !

२५ माघ, काठमाडौं । व्यवसायी अजयराज सुमार्गीको नाममा विदेशबाट आएको करिब सवा दुई अर्ब रोक्का नराख्न सर्वोच्च अदालतले २३ माघमा अन्तरिम आदेश दियो । तर, सुमार्गीले निकाल्न नपाए पनि चार वर्षअघि नै उक्त रकम अर्थतन्त्रको हिस्सा बनिसकेको खुलेको छ । ‘समुद्रमा सात वटा खोलाको पानी मिसिएको होला, कुन खोलाको पानी प्रयोग …

सम्बन्धित सामग्री

अर्थतन्त्रमा पैसा नभएको होइन, पैसा चल्न सकेको छैन : अर्थमन्त्री महत

काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक भएको दाबी गर्नुभएको छ । आज मङ्गलवार काठमाण्डाैमा १५ औँ संस्करणको नाडा अटो शो २०२३ उद्घाटन कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले हरेक नागरिकको क्षमता, सिर्जना, सम्भावना र उद्यमशीलताको पूर्ण उपभोगिताबाट मात्रै देशको आर्थिक वृद्धि सम्भव रहेको भन्दै त्यो पनि निजी क्षेत्रले गर्नसक्ने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक न्यायबाहेक अन्य गतिविधिमा आर्थिक उपार्जन गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने उल्लेख ...

पैसा थुप्रिनु अर्थतन्त्र सुध्रिनु हो ?

नेपाल राष्ट्र बैंकले निकालेको प्रतिवेदनले विदेशी विनिमय सञ्चिति बढेको र शोधनान्तर स्थितिमा सुधार आएको भन्दै अर्थतन्त्र सुधारमा आएको बताएको छ । यसै तथ्यांकलाई लिएर सरकारका मन्त्री र अधिकारीहरूले अर्थतन्त्रमा सुधार आएको बताएका छन् । तर, अर्थतन्त्रमा सुधार आएको होइन । वैदेशिक रोजगारीमा जानेको संख्या बढेको बढ्यै छ । प्रतिदिन १२ सय युवा विदेश जाने गरेकामा यो बढेर अहिले ३ हजार नाघिसकेको बताइन्छ । तिनले पठाएको पैसा खर्च नभएर थुप्रिएकाले शोधनान्तर स्थिति बचतमा देखिएको हो ।  हुन पनि अहिले आयात घटेको छ । आयात घट्नु सकारात्मक हो भन्ने भनाइ पाइन्छ । तर, आयातले उपभोग मात्रै बढाउँदैन त्यसले अर्थतन्त्रको साइकल पनि चलाउँछ । व्यापार बढ्छ । व्यापार बढ्दा त्यसले केही मात्रामा रोजगारी बढाउँछ । एउटाले खर्च गरेको रकम अर्काको हातमा जान्छ । त्यसले पनि त्यो पैसा खर्च गर्छ । यसरी पैसा घुम्नु नै अर्थतन्त्र चलायमान हुनु हो । तर, अहिले विदेशबाट आएको पैसा थन्किएको छ । सरकारले जनताबाट ऋण उठाएको छ कर उठाएको छ । त्यो पैसा तलबभत्तामा खर्च हुन्छ र बाँकी रकम विकास निर्माणमा खर्च हुने हो । तर, विकास निर्माणको खर्च पनि राम्ररी हुन सकेको छैन । असार महीनामा मात्रै बैंकहरूमा अर्बौं निक्षेप थपिएको छ । त्यसैले अर्थतन्त्र सुधार गर्ने हो भने पैसा खर्च गर्नुपर्छ । चीनले अर्थतन्त्रलाई चलायमान बनाउन उपभोग बढाउने नीति लिएको छ । उसको आफ्नै उत्पादन भएकाले त्यसले अर्थतन्त्र विस्तारमा राम्रै योगदान दिएको छ । तर, नेपालमा उपभोग बढे पनि आयातित वस्तुको खपत हुने हो । यसले अर्थतन्त्रलाई समस्यामा पार्न सक्छ । त्यसैले उत्पादन बढाउने र रोजगारी सृजना गर्ने क्षेत्र के के हुन् तिनमा नेपाल केन्द्रित हुनैपर्छ । अन्यथा अर्थतन्त्रका आगामी दिन झनै समस्यापूर्ण हुन सक्छ ।  शैलेन्द्र महर्जन  कालिमाटी, काठमाडौं ।

बैंकमा पैसा थुप्रियो, साउनपछि बढ्ला कर्जा ?

अर्थतन्त्रमा आएको सुस्तताको असर सामना गर्नुपर्दा बैंकिङ क्षेत्रमा पैसाको थुप्रो लागेको छ । पछिल्लो समय बजारमा कर्जा विस्तार गर्न नसक्दा बैंक तथा वित्तीय क्षेत्रमा पैसा (लगानीयोग्य रकम/तरलता)को थुप्रो लागेको हो । राष्ट्र बैंकका अनुसार पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रमा साढे तीन खर्बभन्दा बढी रकम थुप्रिएको छ । असार १४ सम्ममा बैंक तथा वित्तीय संस्थामा […]

बजारमा पैसा छैन, कहाँ गयो ?

कोभिडको प्रभाव विश्व अर्थतन्त्रमा आयो । यसले अर्थतन्त्रलाई २० प्रतिशतमा खुम्च्यायो । नेपालमा पनि प्राइभेट क्षेत्र झन्डै २० प्रतिशत डिफल्टमा नै गयो । उनीहरूको वर्किङ क्यापिटलमा २० प्रतिशतको ह्रास भयो । जब भ्याक्सिनेसनहरु सुरु भयो । धेरै क्षेत्रहरू पुर्नर उत्थान भए । त्यसमा सरकार र राष्ट्र बैकको पनि कन्ट्रिब्युसन (योगदान) छ । अहिले पनि धेरै […]

महँगो अमेरिकी डलर : नेपाली अर्थतन्त्रमा अर्को चुनौति

एकसातायता अमेरिकी डलरको विनिमयदरमा भएको भएको वृद्धि कायमै छ । आज (२० असोज)को प्रति अमेरिकी डलर खरीद दर १३० रुपैयाँ १४ पैसा छ भने विक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ । अमेरिकी डलरको मूल्यमा आएको बढोत्तरीले नेपाली अर्थतन्त्रमा थप नकारात्मक असर पर्ने खतरा देखिएको छ । विदेशी मुद्रा सञ्चति जोगाउन प्रयास भइरहँदा डलर नै …

लाइसेन्सराजले अर्थतन्त्रमा विकृति बढाएको स्वीकार

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले लाइसेन्सराजका कारण अर्थतन्त्रमा विकृति बढेको बताएका छन् । लाइसेन्स दिँदा पैसा खाने प्रचलन बढेको भन्दै उनले लाइसेन्सराजको अन्त्य गर्नुपर्ने बताएका हुुन् ।नेपाल आर्थिक उचभपत्रकार समाज (सेजन) को २४ औं वार्षिक साधारणसभामा बोल्दै शनिबार उनले लाइसेन्स दिँदा विभिन्न खाले हल्ला हुने तथा लाइसेन्सले हरेक क्षेत्रमा एकाधिकार जन्माएको पनि बताए […]

अमेरिकी डलरको भाउ फेरि उचाइमाः भाउ बढ्दा अर्थतन्त्रमा कस्तो असर पर्छ ?

काठमाडौंः अमेरिकी डलरको भाउ फेरि उचाइमा पुगेको छ। मंगलबार एक डलरको भाउ १२७ रुपैयाँ ४१ पैसा पुगेको छ। डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। यसबेला रेमिटेन्स पठाउनेले बढी मूल्य पाउँछन्। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका…

अर्थतन्त्रमा सरकारको ध्यान जानु आवश्यक

चालू आर्थिक वर्षको सुरुवातदेखि नै अर्थतन्त्रमा मन्दी आउन थालेको हो । सरकारको ध्यान राजनीतिक शक्ति संग्रह तथा स्थानीय चुनावमा केन्द्रित भएका कारण पनि चालू आर्थिक वर्षमा अर्थतन्त्रप्रति ध्यान दिन सकेन । तर, यसो भन्दैमा सरकारले छुट पाउँदैन । किनकि राजनीतिक दलले सत्ता प्राप्त गरेपछि अर्थतन्त्रलाई ध्यान नदिएर नातागोतालाई पद तथा पैसा बाँड्ने तथा भ्रष्टाचारप्रति आँखा […]

मन्त्रीहरूले चुनावका लागि खुलमखुला पैसा मागिरहेका छन्- डा. खतिवडा

२७ चैत, काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका मन्त्रीहरुले चुनावका लागि खुलमखुला पैसा मागिरहेको आरोप लगाएका छन् । नेकपा एमालेले गरेको पूर्वअर्थमन्त्रीहरुको पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले सरकारका मन्त्री विवादास्पाद अभिव्यक्ति दिने, कमाउधन्दामा लिप्त हुने, स्वार्थ नमिल्ने कर्मचारीमाथि जाइ लाग्ने, ठेक्का पट्टामा सेटिङ गर्नेजस्ता हर्कतले अर्थतन्त्रमा संकटको अवस्था आइपुगेको उनले बताए । ‘मन्त्रीहरु निर्वाचनका लागि […]

बजेट खर्च भएन होइन अब खर्च गर्ने पैसा छैन : पूर्वअर्थमन्त्री पाण्डे

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले मुलुकको बिग्रँदो आर्थिक अवस्थाको उपज बजेट खर्च गर्न पनि पैसा नहुने अवस्था आइसकेको बताएका छन् ।नेकपा एमालेका पूर्व अर्थमन्त्रीहरूद्वारा आइतबार राजधानीमा आयोजित  पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले बढ्दो आयात, चालू खाता घाटा तथा घट्दो रेमिट्यान्सले पारेको विदेशी मुद्राको सञ्चितिको दाबाबले अर्थतन्त्रमा संकट आउने त्रास देखिएको बताए । तर, उल्टै यसलाई रोक्न राष्ट्र बैंकले चालेको कदममा सरकार जाइलागेको आरोप उनले लगाए । तीव्र आयातका कारण