पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले मुलुकको बिग्रँदो आर्थिक अवस्थाको उपज बजेट खर्च गर्न पनि पैसा नहुने अवस्था आइसकेको बताएका छन् ।नेकपा एमालेका पूर्व अर्थमन्त्रीहरूद्वारा आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले बढ्दो आयात, चालू खाता घाटा तथा घट्दो रेमिट्यान्सले पारेको विदेशी मुद्राको सञ्चितिको दाबाबले अर्थतन्त्रमा संकट आउने त्रास देखिएको बताए । तर, उल्टै यसलाई रोक्न राष्ट्र बैंकले चालेको कदममा सरकार जाइलागेको आरोप उनले लगाए । तीव्र आयातका कारण