काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक भएको दाबी गर्नुभएको छ ।
आज मङ्गलवार काठमाण्डाैमा १५ औँ संस्करणको नाडा अटो शो २०२३ उद्घाटन कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले हरेक नागरिकको क्षमता, सिर्जना, सम्भावना र उद्यमशीलताको पूर्ण उपभोगिताबाट मात्रै देशको आर्थिक वृद्धि सम्भव रहेको भन्दै त्यो पनि निजी क्षेत्रले गर्नसक्ने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक न्यायबाहेक अन्य गतिविधिमा आर्थिक उपार्जन गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने उल्लेख ...