बजारमा पैसा छैन, कहाँ गयो ?

कोभिडको प्रभाव विश्व अर्थतन्त्रमा आयो । यसले अर्थतन्त्रलाई २० प्रतिशतमा खुम्च्यायो । नेपालमा पनि प्राइभेट क्षेत्र झन्डै २० प्रतिशत डिफल्टमा नै गयो । उनीहरूको वर्किङ क्यापिटलमा २० प्रतिशतको ह्रास भयो । जब भ्याक्सिनेसनहरु सुरु भयो । धेरै क्षेत्रहरू पुर्नर उत्थान भए । त्यसमा सरकार र राष्ट्र बैकको पनि कन्ट्रिब्युसन (योगदान) छ । अहिले पनि धेरै […]

सम्बन्धित सामग्री

अभियान सम्पादकीय: पैसा कहाँ गयो ?

केही समययता बजारमा पैसाको अभाव छ । मानिसको हातमा पैसा नहुँदा खुद्रा व्यापारीदेखि उद्योगीसम्म समस्यामा परेका छन् । राष्ट्र बैंकका अनुसार २०७७ कात्तिकमा पौने ७ खर्ब बराबरको नगद चलनचल्तीमा रहेकामा २०७९ फागुनमा ६ खर्ब १५ अर्ब रुपैयाँमा ओर्लेको छ । चालू आवको भदौमा ५ खर्ब ९४ अर्ब रुपैयाँ मात्रै चलनचल्तीमा रहेको छ । यसरी चलनचल्तीमा रहेको नगद कहाँ हरायो त ?  बजारमा चलनचल्तीमा रहेको रकम अकस्मात् हराउनुमा जनताले नगद लुकाएर राखेको हुनुपर्‍यो तर त्यस्तो भएको पुष्टि हुँदैन । त्यसो नभए त्यो पैसा सरकारले बजारबाट उठाएर आफूले थन्क्याएको हुनुपर्‍यो । सरकारले जनताबाट पैसा उठाउने भनेको कर वा आन्तरिक ऋण हो । राजस्व नउठेर सरकारको टाउको दुखिरहेको छ । आन्तरिक ऋण उठाइएको त छ तर त्यो हराएको रकमको दाँजोमा निकै कम छ । अर्को पैसा हराउनुमा अत्यधिक आयात बढ्नु पनि हो । पक्कै पनि नेपालमा निर्यातको तुलनामा आयात बढी हुने गरेको छ तर यो समस्या अहिलेको मात्र होइन । बरु यसअवधिमा विदेशी मुद्रामा चाप परेपछि आयातमा कडाइ गरिएको छ । डलर बाहिरिँदा विदेशी विनिमय सञ्चितिमा निकै दबाब परेपछि सरकार र राष्ट्र बैंकले आयातमा कडाइ गरे । आयातमा कडाइ गरिएका कारण सरकारलाई कर उठाउन समस्या परेको हो भन्न सकिन्छ । यी कारणले पैसा नहराएको हो भने पैसा सबै राष्ट्र बैंकमा थुप्रिएर बसेको हुनुपर्छ । तथ्यांकहरू हेर्दा नेपाली रुपैयाँ राष्ट्र बैंकमा नै थुप्रिएर बसेको पुष्टि हुन्छ ।  विप्रेषण आयका कारण नेपालीहरूको उपभोग प्रवृत्ति निकै बढेको छ । वैदेशिक रोजगारीमा जानेले पठाएको विप्रेषण रकम उपभोगका लागि वस्तु आयात गर्दा विदेशतिर गइरहेको छ । विदेशबाट सामान आयात गर्दा डलर सटही गरिन्छ । त्यसरी डलर सटही गरेको नेपाली रुपैयाँ नेपाल राष्ट्र बैंकमा थुप्रिएको पाइन्छ । अर्को, विदेश पढ्न जाने विद्यार्थीले ठूलो परिमाणमा विदेशी मुद्रा लगिरहेका छन् । त्यसले पनि मुलुकमा पैसाको अभाव चर्किएको देखिन्छ ।  पैसा अभाव हुनुमा अर्को कारण पनि छ । कोरोनाबाट प्रभावित उद्योग व्यवसायलाई राहत दिन राष्ट्र बैंकले सस्तो ब्याजदरमा पैसा बजारमा पठायो । राहतका लागि सहुलियत ब्याजदरमा उसले २ खर्ब १० अर्ब रुपैयाँ बजारमा पठाएको थियो । त्यो पैसा उत्पादनमूलक क्षेत्रमा प्रयोग नभई घरजग्गा र शेयरबजारमा गएको अनुमान राष्ट्र बैंकको छ । त्यही भएर शेयरबजारमा दैनिक कारोबार २१ अर्बसम्म पुग्यो । घरजग्गा पनि निकै चम्कियो । तर, जुन उद्देश्यले सस्तो ब्याजदरमा कर्जा प्रवाह गरिएको हो त्यो उद्देश्य भने पूरा भएन । कोरोना सामान्य बन्दै गएपछि राष्ट्र बैंकले सहुलियत कर्जा दिन रोक्यो जसबाट उसले बजारमा पठाएको पुनर्कर्जाको रकम ढुकुटीमा जम्मा हुन पुग्यो । त्यसपछि बजारमा पैसाको अभाव बढी चर्कन थालेको हो । त्यसमाथि राष्ट्र बैंकले कडा खालको मौद्रिक नीति ल्याएपछि बजारमा पैसा प्रवाह हुन अझै घट्यो । अब बजारमा पैसाको अभाव हटाउने हो भने कि त राष्ट्र बैंकले कोरोनाकालमा जस्तै गरी बजारमा पैसा पठाउन पर्‍यो । तर, त्यसो गर्दा उही पुरानो समस्या बल्झिन थाल्छ । समस्या समाधानको साटो समस्याले निरन्तरता पाउँछ । त्यसैले बजारमा पैसाको प्रवाह बढाउने हो भने कि वैदेशिक लगानी भित्र्याउन सक्नुपर्छ कि विदेशीहरूबाट ऋण र अनुदान बढी लिन सक्नुपर्छ । यी काम गर्न सरकार चुक्दै गएको देखिन्छ ।  नेपालको वैदेशिक ऋण कुल गार्हस्थ्य उत्पादनको ५० प्रतिशत पुगिसकेको छ । त्यसैले जथाभावी कर्जा लिनु हुँदैन, विचार गरेर परिणाममुखी कार्यमा मात्रै कर्जा लिनुपर्छ । त्यस्तै अनुदान बढाउन पनि सरकारले पहल गर्नुपर्छ । मुलुकमा लगानीको वातावरण बनाउन सके विदेशी लगानी भित्रिन सक्छ । तर, सरकारको कार्यशैली लगानीमैत्री छैन । नेपाली पैसा विदेश गएको छैन, नेपालमै छ तर त्यसलाई उपयोगमा ल्याउन सक्ने तुल्याउन सरकारले विशेष कार्यक्रम नै ल्याउनुपर्छ । पूँजीगत खर्चलाई तीव्रता दिनुपर्छ । रोजगारी सृजना गर्न सके त्यसले पनि बजारमा पैसा प्रवाह बढाउँछ । अन्यथा अर्थतन्त्र जति नै सही छ भने पनि त्यो संकटमा नै रहिरहन्छ ।

कहाँ गयो पैसा ?

आज जताततै गुनासो छ, मान्छेहरूसँग पैसा छैन । बैंकमा पैसा छैन, व्यापारीसँग पैसा छैन, उपभोक्तासँग पैसा छैन । घुस दिनेसँग पनि छैन । लिनेसँग पनि छैन । रेमिट्यान्स बढे पनि पैसा छैन, सर्वसाधारणको घरखर्च घटे पनि पैसा छैन । त्यसो भए पैसा कहाँ गयो त ? तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले भनेका थिए, ‘कहाँ गएछ पैसा ? म खोज्दै छु ।’ अझै खोज्दै होलान् । त्यसो त उतिबेला एमालेका अर्थमन्त्री सुरेन्द्र पाण्डे र अघिल्ला अर्थमन्त्री विष्णु पौडेल पनि त्यै हराएको पैसा खोज्दै थिए क्यारे ! नेता र कार्यकर्ताले नगद घरमै राखे कि नगद बोकेर विदेश भागे ? कि चन्द्रहरूले डलरमा उतै कलर मिलाए ? देवीहरूले यताउति गरे ? कि क्रिप्टोमा छरे ? बजारबाट पैसा किन हराएछ त, कता हराएछ ? चुनावपछि पैसा बजारमा निस्कन्छ भन्थे, उल्टै हरायो त । नेता र कार्यकर्ताले नगद घरमै राखे कि नगद बोकेर विदेश भागे ? कि चन्द्रहरूले डलरमा उतै कलर मिलाए ? देवीहरूले यताउति गरे ? कि क्रिप्टोमा छरे ? हुण्डीमा पैसा उतै हुत्तियो ? कि राष्ट्र बैंक पैसा बोकेर सुत्दियो ? ल, ठीक छ हामीजस्ता सधैं खाली खल्तीवालाहरूसँग त पैसा भएन भएन । यी व्यापारी, बैंक र वित्तीय संस्थाहरूसँग किन भएन त ? ऋणीहरूले बैंकलाई तिरेनछन् भने कल्लाई दिएछन् त ? आखिर पैसा कहाँ गायब भइरहेको छ त ? देशका अर्थमन्त्री, गभर्नरहरूले थाहा पाउन नसकेको कुरा यो साधारण मनुष्यले कसरी थाहा पाउने ? सरकार त सरकार नै भइहाल्यो । सरकारले अर्थतन्त्रको सरोकार राख्नुपर्ने त हो । तर त्यसो भने पनि जनतालाई यसबारे भनिरहनुपर्ने के नै दरकार छ र ? उसैलाई अर्थतन्त्रको वास्तविक स्थिति थाहा भए पो भनोस् ? थाहा पाउन पो किन पर्‍या छ र ? सत्ता र भत्ता पक्का भएपछि बाँकी कुरा भाडमै जाओस्, के को चासो ?   भ्रष्टाचारी र काला व्यापारीले लुकाएका छन् भनौं भने पनि यहाँ को काला व्यापारी ? को गोरा व्यापारी ? कसले र कसरी छुट्ट्याउने ? तैपनि उनीहरूले बिटाका बिटा रुपियाँ बोरामा खाँदेर त पक्कै राखेका छैनन् होला । त्यसो गरे त त्यो पैसा नै कुहिएला । मतलव, त्यो पैसाले कि सुनचाँदी किनेर राखे होला । कि त घरजग्गा वा शेयर, बन्ड वा डिबेन्चरमा लगानी फ्याँके होला । कि त पछि फिर्ता माग्ने गरी विश्वासिला र नजिकका आफन्तहरूलाई दिए होला । हैन भने कुनै व्यापारीले ब्याजमा लिए होला । अथवा नजिकका उद्यमीलाई लगानी गर्न दिए होला । स्लिपिङ पार्टनर भए होला । यसो गरेको भए पनि त त्यो पैसा फर्केर बैंकमै आउनुपर्ने हो । किन आएन त ? कुन धन कालो ? कुन सेतो वा खैरो ? यहाँ छुट्ट्याउने कसले ? कोसँग कति छ भनेर भट्याउने कस्ले ? यस्तो खुुट्याउने कुनै सही संयन्त्र छ र हाम्रो देशमा ? विश्वले नै भ्रष्टाचारमा माहिर मुलुक भनेर चिनेको छ हाम्रो देशलाई । यसलाई रोक्न भनेरै त अख्तियार, केन्द्रीय अनुसन्धान ब्यूरो लगायत थुप्रै संस्था पनि खोलेका । तर खै त यिनले भ्रष्टाचारीलाई पोलेका ? खै त यिनले भ्रष्टाचारी देखेको ? खै त खोजेको ? देशमा भ्रष्टाचार भएकै छैन कि यी संस्थाका हाकिमहरूले घाँस खाएर बसे ?   कि पैसाजति विदेशै उड्यो त ? पढ्न र के के गर्न विदेश जानेले नेपाली पैसा बोकेर गए त ? तर नेपाली नोट जस्ताको तस्तै अरू देश जाने त कुरै भएन । विदेशमा नेपाली नोटै चल्दैन । नेपाली पैसा डलर, पाउन्ड, येन भएर विदेश गए पनि बैंकिङ प्रक्रियाबाटै जाने हो । त्यसको अभिलेख त राष्ट्र बैंकसँग भैहाल्छ । हुन्डी वा अरू माध्यमबाट गए पनि नेपाली नोट नै जाने त होइन । अनि कहाँ गयो त पैसा ? त्यसो भए सरकारले कराएर, थर्काएर अनि करकर गरी गरी उठाएको करको पैसा आफ्नो ढुकुटीमा राख्यो त ? तर सरकार पनि पैसा छैन भन्दै रुवावासी गर्दै छ त । ऊसँग पैसा भएको भए त खर्च गरिहाल्थ्यो होला । ठेकेदारहरूले भुक्तानी पाइहाल्थे होला । अनि उनीहरूले पनि त्यो पैसा फेरि खर्च गरिहाल्थे होला । अरूको पनि हातमा पुग्थ्यो होला । पछि बैंकमै आइपुग्थ्यो होला । त्यस्तो त भएको छैन, दुईचार जनालाई आसचपु बाँड्नेबाहेक । यसरी पैसा कहाँ गयो भनेर घोत्लिँदा पंक्तिकारले नयाँ तथ्य फेला पारेको छ । भएको के रहेछ भने, पैसा त जम्मै सोहोरिएर राष्ट्र बैंकमा पो पुगेछ । पैसा गायब हुनुको एक्लो कारण नै बैंकहरूको पनि बाउ बैंकमा पैसा थुप्रनु पो रैछ । कसरी भन्नुहोला । हेर्नुस्, व्यापार घाटा र चालू खाता घाटा भएपछि विदेशी मुद्रा राष्ट्र बैंकमा खासै टिक्नै पाएन । टिकेको भए त्यसको बराबर नेपाली रुपियाँ राष्ट्र बैंकले बजारमा पठाउनै पथ्र्यो । आयातका लागि भुक्तानी दिँदादिँदै डलर स्वाहा भयो । त्यसरी निस्केको डलर बराबरको रुपियाँ राष्ट्र बैंकमा थुप्रिनै पथ्र्यो, थुप्रियो । नूनदेखि सुनसम्म किन्न २० खर्ब रुपियाँबराबरको डलर विदेश भाग्ने रहेछ । जम्माजम्मी २ खर्ब रुपियाँ बराबरको डलरमात्रै निर्यातबाट हुल्न पाइने रहेछ । अनि रेमिट्यान्स र वैदेशिक अनुदान, ऋण आदिबाट पनि डलर आउने रहेछ । तर रेमिट्यान्स केही बढे पनि वैदेशिक अनुदान, ऋण आदिबाट आउने डलर यस वर्ष त करीब करीब शून्य नै रहेछ । विदेशबाट आएको सबै पैसा विदेश नै फर्किने गरेपछि देशमा पैसा खोजेर पाइन्छ त ? आएको डलर राष्ट्र बैंकबाट बाहिर फुरुरु । अनि नेपाली रुपियाँ बजारबाट राष्ट्र बैंकको सेफभित्र खुरुखुरु । यो त भयो रुपियाँ राष्ट्र बैंकमा थुप्रिने पहिलो कारण । दोस्रो कारण हो, कोभिड नामक किरो । कोभिड किरो त जीरो भइसक्यो भन्नुहोला । हो, कोभिड हटेर नै यो समस्या आएको हो । कोभिडको किराले खाएको अर्थतन्त्रलाई भिटामिन दिन ऊ बेला राष्ट्र बैंकले विभिन्न सरल र सहुलियत कर्जा दिएर पैसा सक्यो । कोभिड कम भएपछि त्यो पैसा उसले जसलाई दिएको थियो, तीबाट फिर्ता लिएर, जताबाट ल्याएको थियो, त्यतै थन्क्यायो । अर्थात् यसरी त्यो पैसा राष्ट्र बैंक पुग्यो, अनि बजारबाट हरायो । त्यही पैसा राष्ट्र बैंकले फेरि बजारमा पठाए हुँदैन त भन्नुहोला । त्यसो गर्न त अप्ठेरो हुन्छ नि । किनकि बजारमा कति पैसा पठाउने, कतिबेला पठाउने, किन पठाउने यी सबै कुरा एउटा निश्चित मापदण्ड र प्रक्रिया अनुसार गर्नुपर्ने हुन्छ । यसबारे कानून नै छ । राष्ट्र बैंकले चाहँदैमा जतिखेर मन लाग्यो त्यत्तिखेर, जति मन लाग्यो त्यति पैसा छाप्ने वा आपूmसँग भएको पैसा बजारमा छाड्ने भन्ने हुँदैन । यत्ति कुरा त बुझ्नुभयो नि ? राष्ट्र बैंकमा जम्मा भएको त्यो पैसा बजारमा निकाल्ने उपाय कुनै पनि मै हँु भन्ने अर्थशास्त्रीले अहिलेसम्म निकाल्न सकेनन् । किन त ? त्यो त उनीहरूले नै जानून् । अब आठ कक्षा मात्र पढेका भैंसी पालेर माथिमाथि चढेका, अनि अस्पताल समेत खोलेका अर्बपतिहरूले गरिरहेको आन्दोलनले पो आउने हो कि त्योे पैसा बजारमा ?

बजारमा छैन, कहाँ गयो पैसा ? कसले लुकायो ?

मरी-मरी काम गर्दा पनि पैसा हुँदैन, गरेका काम पनि राजनीतिक, आर्थिक र मौद्रिक नीतिका कारणले सफल हुँदैनन् भने त्यस्तो देशमा कसले किन काम गर्दछ ? जीवनभरि घोटिंदा पनि कुनै जीवनस्तर हासिल हुँदैन भने यो देशमा को बस्छ र कहिले हुन्छ यो देश धनी ?

‘मेरो श्रीमान् मलेसियाको कुनै कुनामा छन् भन्ने सुन्न मात्र पाए पनि हुन्थ्यो’

दाङ – २०७४ माघ ५ गते मलेसियाबाट शोभाराम पराजुलीले श्रीमती लक्ष्मीलाई २५ हजार रुपैयाँ पैसा पठाइदिनुभयो । पैसा हातमा परेपछि खबर गर्न फोन लगाउनुभयो । घण्टी गयो तर उठेन ।  एक दुई पटकसम्म फोन नउठ्दा लक्ष्मीलाई लाग्यो श्रीमान् काममा व्यस्त होलान् । तर यो क्रम निरन्तर सात दिनसम्म चल्यो । यताबाट लक्ष्मीले फोन गरिरहनुभयो । घण्टी पनि गयो । तर फोन उठेन । तर सात दिनपछि भने शोभारामको फोन अफ भयो । ‘पैसा पठाएको छु, पैसा निकाल्नु भनेर उतैबाट बिहानै फोन गर्नुभयो, गएर पैसा निकालेँ, घर आउनसाथ फोन लगाएको घण्टी...

ओलीको प्रश्न : हामी सरकारबाट बाहिरिएपछि पैसा कहाँ गयो ?

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकारबाट बाहिरिएपछि देश चरम आर्थिक संकटमा फसेको बताएका छन्। पार्टीको उद्योग व्यवसायी विशेष जिल्ला कमिटीको अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले पूँजी पलायन हुँदा पनि सरकार गम्भीर नभएको बताए। ‘हामी सरकारमा हुँदा पैसा पुग्छ। पुल, सडक, झोलुङ्गे पुल बनाउन पैसा पुग्छ। यत्रो धेरै पुनर्निर्माणको काम भए, पैसा पुग्छ।' ओलीले भने, 'हामीले सरकार छोड्यौँ जादु गरेजस्तो पैसै छैन। बैंकमा पनि पैसा छैन,  उद्योगी व्यवसायीसँग पनि

कहाँ गयो बैंकको पैसा ?

५ पुस, काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थाहरु लगानी योग्य रकम (तरलता) अभावको समस्या झेलिरहेका छन् । कर्जाको माग लगातार बढिरहेको भएपनि चाहे जति कर्जा प्रवाह गर्न बैंकहरुले सकिरहेका छैनन् । बैंक तथा वित्तीय संस्थाहरुको ४५ खर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेका छन् । पछिल्लो चार महिनामामात्रै ३ सय अर्बभन्दा बढी रकम कर्जा […]

अनलाइन खेलमा फसेका हाम्रा भविष्यका कर्णधारहरु

नाम नभन्ने सर्तमा पोल खुल्दै गयो। मेरो साथीको छोराले पैसा नदिएपछि उसको ममीको ब्यागबाट खेलकै लागि १० हजार रुपैयाँ पैसा चोरेको रहेछ। छिमेकी भातिजले अनलाइन खेलमा ३० हजार खर्च गरिसकेछ। पोल खुलेको नामको अभिभावकलाई मैले फोन गरेर जानकारी गराएँ।

दुईपटक हेलिकप्टर गयो, ५ लाख रुपैयाँ सकियो तैपनि ल्याउन सकिएन सुरेन्द्रको शव

‘हामीले चन्दा उठाएर हेलिकप्टर पठाएका थियौं तर शव ल्याउन सकिएन,’ उनले भने, ‘फेरि हेलिकप्टर पठाउन पैसा छैन। पहिले हेलिकप्टर पठाएकै पैसा तिर्न बाँकी छ।’

प्रचण्डलाई टोपबहादुरको प्रश्न : युद्धकालको १९ अर्ब कहाँ गयो ?

नेकपा ओली समूहका स्थायी कमिटि सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालका अर्बौ रकमको हिसाबकिताब गर्ने समय आएको बताएका छन्।  बुटवलमा पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले ती लगायत युद्धकालका धेरै विषयको हिसाबकिताब हुने बताए।  "१९ हजारको नाम राखेर ३४ हजारको नाममा ल्याएको पैसा कहाँ गयो ? उनले भने,' हामी अहिले वैचारिक र राजनीतिक संघर्षका क्रममा छौ, तर सोध्नुपर्ने बेला आएको छ, १९ अर्ब कहाँ गयो, प्रचण्डले जवाफ दिनुपर्छ।" उनले प्रचण्ड र माधव नेपालले आन्दोलनको...