काठमाडौँ- नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले पार्टीले आफूमाथि गरेको कारबाही फुकुवा नगरेको बताएका छन्। नेता जाेशीले सामाजिक सञ्जालमार्फत् कारबाही फुकुवा नगरेकाे बताएका हुन्। आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जोशीलगायतको कारबाही फुकुवाको निर्णय गरेको थियो। ‘हिजो नेपाली कांग्रेसले गरेकाे निर्णय (जोशीको कारवाही फुकुवा)मा मेरो नाम उल्लेख छैन’, उनले फेसबुकमा लेखेका छन्, ‘साथै २०७९ […]