देउवाले राष्ट्रपतिलाई ‘तपाईं’ नभनेको भन्दै ओलीको आक्रोश

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले राष्ट्रपतिलाई तपाईँ भनेर सम्बोधन नगरेको भन्दै आक्रोश पोखेका छन् । आज काँग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको वक्तव्यको भाषाप्रति असन्तुष्टि जनाउँदै उनले ‘राष्ट्रपतिलाई तपाई समेत भन्ने सभ्यता नेपाली काँग्रेसमा रहेनछ’ भन्दै कटाक्ष गरे । बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सम्बन्धमा देउवाको विज्ञप्तिमा प्रयोग गरिएको भाषामा ‘तिमी, गरिन्’ भन्ने

सम्बन्धित सामग्री

एमालेको आक्रोश– राष्ट्रपतिलाई एमालेसँग जोडेर किन हेरियो ?

काठमाडौं । नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेसँग जोडेर हेरिएको भन्दै आक्रोश व्यक्त गरेको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद्को बैठक सुरु हुनासाथ सभामुखसँग समय मागेर आफ्ना धारणा राख्दै यस्तो बताएका हुन् ।  “राष्ट्रपतिलाई विवादमा तान्न खोजियो । एमालेसँग जोडेर हेरियो,” उनले भने, “मुलुकलाई कित्तामा बाँडेर नहेरौँ । राष्ट्रपतिले...

राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चल्याछ : ओली

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका छन्। आफ्नै सरकारी निवास बालुवाटारमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यसले गणतन्त्र नै संकटमा पर्ने तर्क गरे।'मैले एकपल्ट भनेको थिएँ, रिसाएको बिरालोले खामो चिथोर्छ भनेर, अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चल्याछ', विपक्षी गठबन्धनका नेताहरूतर्फ लक्षित गर्दै ओलीले भने, ‘जसले राष्ट्रपतिलाई गाली गर्न

राष्ट्रपतिलाई प्रचण्डले होच्चाएकोमा ओलीको आक्रोश– गणतन्त्रप्रतिको वैरभाव हो कि ?

राष्ट्रपति विद्यादेवी भण्डारीलाई होच्चाउने गरि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेका छन् । भुतपूर्वको लस्करले राष्ट्रपतिविरुद्ध मुख छाड्ने प्रतिष्पर्धा गरेको ओलीले आरोप लगाए ।  परराष्ट्र मामिला प्रतिष्ठानले शुक्रवार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । पाँच दलका नेताले बिहीवार सम्पादकहरूसँग आयोजना गरेको कार्यक्रममा प्रचण्डले राजासँग तुलना गर्दै अहिलेका राष्ट्रपतिको सान...

राष्ट्रपतिलाई ‘तपाईँ’ नभनेको भन्दै देउवाप्रति ओलीको आक्रोश

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएका छन् । शनिवार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मैले आज प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ, राष्ट्रपतिलाई तपाईँसम्म भन्ने सभ्यता नेपाली काँग्रेसमा रहेन, सभापतीको तहबाट । राष्ट्रपतिको सम्बन्धमा गरिएको भाषा […]

'खुराफात शिरोमणिद्वयको षडयन्त्र र संविधानमाथिको आक्रमण नरोकिने भयो'

काठमाडाैं : पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री र राष्ट्रपतिप्रति कडा आक्रोश पोखेका छन्। भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिलाई खुराफात शिरोमणिको संज्ञा दिँदै ट्विटमा लेखेका छन् - खुराफात शीरोमणि द्वयको षडयन्त्र र संविधानमाथिको आक्रमणको शृंखला नरोकिने भयो।'आज गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचन हारेसँगै बसेको मन्त्रिपरिद बैठकले राष्ट्रपतिलाई सर्वदलीय सरकार बनाउन आग्रह गरेको थियो। राष्ट्रपतिले

महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौँ : गगन थापा

नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्न आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि साँझ ५ बजेभित्र वैकल्पिक सरकार गठनका लागि समय दिएको प्रति आक्रोश व्यक्त गर्दै थापाले उनले दिएको समय अगावै सरकार बनाएर प्रधानमन्त्री ओलीलाई बिदा गर्न पनि आग्रह गरेका छन् । बिहीबार राति सामाजिक सञ्जालमार्फत उनले आफ्ना विचार सार्वजनिक गर्दै भनेका छन्–‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो ने