राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चल्याछ : ओली

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका छन्। आफ्नै सरकारी निवास बालुवाटारमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यसले गणतन्त्र नै संकटमा पर्ने तर्क गरे।'मैले एकपल्ट भनेको थिएँ, रिसाएको बिरालोले खामो चिथोर्छ भनेर, अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चल्याछ', विपक्षी गठबन्धनका नेताहरूतर्फ लक्षित गर्दै ओलीले भने, ‘जसले राष्ट्रपतिलाई गाली गर्न

सम्बन्धित सामग्री

संविधानले राष्ट्रपतिलाई कस्तो भूमिका दिएको छ ?

काठमाडौं । नेपालको संविधानले राष्ट्रपतिलाई आलंकारिक भूमिका दिएपनि संविधानलेनै नदिएको अधिकार प्रयोग गरि कतिपय कार्यकारी निर्णय गर्दा निर्वतमान राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीको ७ वर्षे कार्यकाल विवादित बन्यो । संविधानले राष्ट्रपतिलाई दिएको भूमिका कस्तो छ ? यसअघिका दुवै राष्ट्रपतिलाई संविधानले नै नदिएको अधिकार प्रयोग गरेको आरोप लाग्यो । नेपालको संविधानले राष्ट्रपतिलाई कुनैपनि विषयमा […]

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई दबाब

काठमाडौं, भदौ, १२ । राष्ट्रपति विद्या भण्डारीले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ प्रमाणीकरण नगरी पुनः संसद्मा फर्काएको विषयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले राष्ट्रपतिलाई भेटेरै उक्त विधेयक प्रमाणीकरण गर्न दबाबसमेत दिएका छन् । उनीहरू राष्ट्रपतिलाई भेट्न शनिबार शीतल निवास पुगेका थिए । नागरिकता विधेयक पुनः हुबहु राष्ट्रपति […]

राष्ट्रिय पुस्तकालय जोगाइदिन भन्दै राष्ट्रपतिलाई ज्ञापन पत्र

राष्ट्रिय पुस्तकालय जोगाईदिन आग्रह गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाईएको छ। संरक्षण अभियन्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन। मंगलबार अभियन्ताहरुले राष्ट्रिय पुस्तकालयको दयनीय अवस्थाबारे राष्ट्रपतिलाई भेटेर जानकारी गराएका थिए।  राष्ट्रपति भण्डारीले...

‘अदालतको अवहेलनामा राष्ट्रपतिलाई पनि कारबाही हुन सक्ने’

काठमाडौं, असार २१ । प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा अदालतले दिएको परमादेश नमानेमा राष्ट्रपतिलाई पनि अदालतको अवहेलनामा कारबाही गर्न सकिने कानुनविद्हरूले बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापनाको माग गरी दायर गरिएको रिट निवेदनको सुनुवाइका क्रममा बहस गर्ने कानुन व्यवसायीले अदालतको आदेश कार्यान्वयन नगर्ने राष्ट्रपतिलाई पनि अवहेलनामा कारबाही गर्न सकिने बताएका हुन् । सो रिट निवेदनमा उल्लेख भएका विपक्षीहरूको […]

'राष्ट्रपतिलाई पनि कारबाही गर्न सकिने'

प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा अदालतले दिएको परमादेश नमानेमा राष्ट्रपतिलाई पनि अदालतको अवहेलनामा कारबाही गर्न सकिने कानुनविद्हरुले बताएका छन् ।प्रतिनिधिसभा पुनःस्थापनाको माग गरी दायर गरिएको रिट निवेदनको सुनुवाइका क्रममा बहस गर्ने कानुन व्यवसायीले अदालतको आदेश कार्यान्वयन नगर्ने राष्ट्रपतिलाई पनि अवहेलनामा कारबाही गर्न सकिने बताएका हुन् ।सो रिट निवेदनमा उल्लेख भएका विपक्षीहरूको बहस आइतबार सकिएपछि रिट निवेदकका कानुन व्यवसायीले जवाफी बहस दिन थालेका छन् । जवाफी बहस दिने क्रममा वरिष्ठ अधिवक्ता रमण

राष्ट्रपतिलाई गाली गर्ने कम्पिटिसन हुन लाग्यो : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथि टिकाटिप्पणी गर्नेहरु गणतन्त्रप्रतिको गैह्रभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरु भएको बताएका छन्। शुक्रबार एक कार्यक्रममा उनले भने,“अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ। जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुखछाड्न सक्यो,त्यो ठूलो हुने कम्पिटिसन चलेको छ। हिजो पनि केही भूतपुर्वहरुको लस्करले मिट त प्रेस गरेको देखेको थिएँ मैले। त्यसमा पनि राष्ट्रपतिभन्दा राजा राम्रो भन्नेसम्म उहाँहरु पुग्नुभयो।”

‘राष्ट्रपतिलाई अधिकार छैन’

काठमाडौं, असार ४ । सभामुख अग्निप्रसाद सापकोटाले संविधानले राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार नदिएको दाबीसहित बिहीबार सर्वोच्च अदालतमा लिखित जबाफ पेस गरेका छन्। सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सभामुख सापकोटाले यस्तो दाबीसहित लिखित जबाफ पेस गरेका हुन्। यस मुद्दामा सर्वोच्च अदालतले सभामुखसँग लिखित जबाफ मागेको थियो। उनले राष्ट्रपतिको निर्णयसमेतका […]

देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भने भन्दै किन रिसाए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी भनेको’ भन्दै असन्तुष्टि पोखेका छन् । ‘कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नरहेको’ बताउँदै ओलीले ‘सानालाई स्नेह र ठूलालाई आदर सम्मान गर्ने नेपालीको मर्यादा भएको’ पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा ओलीले ‘सभापतिको तहबाट राष्ट्रपतिको सम्बन्धमा बोलिएको […] The post देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भने भन्दै किन रिसाए प्रधानमन्त्री appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

“कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता छैन्”

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति जनाएका छन् । शनिबार बालुवाटारमा एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नरहेको बताए । ओलीले भने ‘आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नेपाली कांग्रेसमा... The post “कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता छैन्” appeared first on Purbeli News.

देउवाले राष्ट्रपतिलाई ‘तपाईं’ नभनेको भन्दै ओलीको आक्रोश

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले राष्ट्रपतिलाई तपाईँ भनेर सम्बोधन नगरेको भन्दै आक्रोश पोखेका छन् । आज काँग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको वक्तव्यको भाषाप्रति असन्तुष्टि जनाउँदै उनले ‘राष्ट्रपतिलाई तपाई समेत भन्ने सभ्यता नेपाली काँग्रेसमा रहेनछ’ भन्दै कटाक्ष गरे । बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सम्बन्धमा देउवाको विज्ञप्तिमा प्रयोग गरिएको भाषामा ‘तिमी, गरिन्’ भन्ने