काठमाडौं । नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेसँग जोडेर हेरिएको भन्दै आक्रोश व्यक्त गरेको छ ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद्को बैठक सुरु हुनासाथ सभामुखसँग समय मागेर आफ्ना धारणा राख्दै यस्तो बताएका हुन् ।
“राष्ट्रपतिलाई विवादमा तान्न खोजियो । एमालेसँग जोडेर हेरियो,” उनले भने, “मुलुकलाई कित्तामा बाँडेर नहेरौँ । राष्ट्रपतिले...