राष्ट्र बैंकको भुक्तानी प्रणाली सम्बन्धी निर्देशन : विद्युतीय कारोबारको सीमा बढ्यो

भदौ २९, काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरूलाई ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन –२०७८’ जारी गरेको छ ।  निर्देशनमार्फत् बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा बढाएको छ । जस अनुसार मोबाइल बैंकिङबाट एकै दिन दुई लाख रुपैयाँसम्म र इन्टरनेट बैंकिङबाट एकै दिन २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ ।  यसअघि मोबाइल बैंकिङमार्फत एक दिनमा १ लाख रुपैयाँ मात्र कारोबार गर्न सकिने व्यवस्था थियो । यस्तै विद्युतीय वालेटमार्फत भुक्तानी र कारोबार गर्नेहरूको हकमा पनि कारोबार सीमा बढेको छ । अब बैंकबाट वालेटमा प्रति कारोबार ५० हजार, प्रति दिन एक लाख र प्रति महीना १० लाख रुपैयाँसम्म कारोबार सकिनेछ ।  त्यस्तै, एक वालेटबाट अर्को वालेटमा प्रति कारोबार २५ हजार, प्रति दिन एक लाख र प्रति महीना पाँच लाख रुपैयाँसम्म पठाउन सकिनेछ । तर वालेटमा ५० हजार रुपैयाँभन्दा धेरै ओभरनाइट राख्न पाइने छैन ।    मोबाइल र इन्टरनेट बैंकिङ कारोबारमा ५० हजार रुपैयाँसम्म १० रुपैयाँ, ५० हजार एक रुपैयाँदेखि एक लाख रुपैयाँसम्मका लागि प्रति–कारोबार २० रुपैयाँ र एक लाखभन्दा माथिको कारोबारको हकमा सेवा प्रदायकले ३० रुपैयाँ सेवा शुल्क लिन पाउनेछन् ।

सम्बन्धित सामग्री

सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली मार्फत

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली (इएफटी) मार्फत वितरण गर्न सुरु गरेको छ । ‘इएफटी’ सेवा सुरु भएपछि सामाजिक सुरक्षा भत्ता सिधै लाभग्राहीको बैंक खातामा पठाउन थालिएको हो । आर्थिक वर्ष २०७९÷०८० मा चौंथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता इएफटी प्रणाली मार्फत वितरण गरिएको हो । यसअघि चालु आर्थिक वर्षको पहिलो, […]

अझै लागू भएन सार्वजनिक सवारीमा विद्युतीय भुक्तानी प्रणाली

हेटौंडा : बागमती प्रदेश सरकारले ल्याएको यात्रुवाहक सार्वजनिक सवारीसाधनमा नगदरहित विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयनमा ढिलाइ भएको छ।प्रदेश सरकारले गत आर्थिक वर्ष नै ल्याएको यात्रुवाहक सार्वजनिक सवारीसाधनमा नगदरहित विद्युतीय भुक्तानी प्रणाली अझै कार्यान्वयन नभएको हो। सरकारले गत आवमा बागमती प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनमा प्रिपेड कार्डबाट भाडा भुक्तानी गर्ने प्रणाली लागू गर्ने तयारी थालेको थियो।तर चालू आवको दुई महिना बितिसक्दा पनि सरकारले प्रदेशमा गुड्ने यात्रुवाहक सार

आजदेखि भुक्तानी प्रणाली बन्द

काठमाडाैँ- महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द रहने जनाएको छ। कार्यालयले बुधबार निर्णय गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार सम्बन्धित कार्यालयलाई भुक्तानी प्रणाली बन्द हुने जानकारी गराएको हो। नियमावलीअनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअघि भुक्तानी […]

आजदेखि भुक्तानी प्रणाली बन्द हुने

काठमाडौं,२६ असार : महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द रहने जनाएको छ । कार्यालयले बुधबार निर्णय गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार सम्बन्धित कार्यालयलाई भुक्तानी प्रणाली बन्द हुने जानकारी गराएको हो । नियमावलीअनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा […]

भरतपुर महानगरमा सुरु भयो अनलाइन भुक्तानी प्रणाली

भरतपुर महानगरपालिकामा मंगलबारदेखि घरमै बसेर कर तिर्न सकिने अनलाईन भुक्तानी प्रणाली सञ्चालनमा आएको छ । आफ्ना करदाताहरुले घरमै बसेर सहजतापूर्वक कर तिर्न सकून् भन्ने उद्देश्यसहित महानगरपालिकाले अनलाइन भुक्तानी प्रणाली सुरुवात गरेको हो ।भरतपुर महानगरपालिकामा तिर्ने राजस्व, कर, दस्तुरलगायतका सम्पूर्ण शुल्क अनलाइन प्रणालीबाट सजिलै सकिने भएको छ । सेवाको आज (मंगलबार) एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् ।  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुर मह

भरतपुर महानगरमा अनलाइन भुक्तानी प्रणाली सुरु

चितवन । भरतपुर महानगरपालिकामा अनलाइन भुक्तानी प्रणाली र डिजिटल बडापत्रको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगरप्रमुख रेनु दाहालले प्रणाली र बडापत्रको उद्घाटन गरेकी हुन् । अनलाइन भुक्तानी प्रणाली सुरु गरेसँगै सम्पत्ति कर, नक्सा पास, राजश्व, बहाल कर लगायतका महानगरमा भुक्तानी गर्ने सबै प्रकारका करहरु घरबाट नै तिर्न सकिने गरी अनलाइन भुक्तानी प्रणाली सुरु […]

रूसी केन्द्रीय बैंकद्वारा नयाँ भुक्तानी प्रणाली सुरु

रूसी केन्द्रीय बैंकले क्रेडिट संस्थाहरूको राष्ट्रिय दर्तामा हेलो नामक नयाँ भुक्तानी प्रणाली समावेश गरेको छ। विदेशी वित्तीय संस्थाहरू जस्तै पुनर्निर्माण र विकासको लागि युरोपीयन बैंक, जर्मन इन्भेस्टमेन्ट कर्पोरेशन  र इन्टरनेशनल फाइनान्स कर्पोरेशन लगायातको संस्थाहरूको अंश रहेको रूसी वाणिज्य बैंक ट्रान्सक्यापिटलले हेलो भुक्तानी प्रणाली सुरु गरेको  हो ।  यस नयाँ प्रणालीबाट रकमान्तरण गर्न सकिनेछ।

भुक्तानी प्रणाली नियमनमा कडाइ

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीको काम गर्ने कम्पनीहरुको नियमनलाई प्रभावकारी बनाउन डेपुटी गभर्नरको अध्यक्षतामा भुक्तानी प्रणाली सिफारिस समिति गठन गर्ने व्यवस्था गरेको छ । ‘भुक्तानी प्रणाली निरीक्षण तथा सुपरिवेक्षण विनियमावली–२०७८’ जारी गर्दै केन्द्रीय बैंकले भुक्तानी प्रणाली विभाग हेर्ने डेपुटी गभर्नरको अध्यक्षतामा समिति बनाउन लागेको हो ।समितिको सदस्यमा अर्का डेपुटी गभर्नरका साथै बैंक तथा वित्तीय संस्था […]

गेट वे पेमेन्टलाई भुक्तानी प्रणाली सञ्चालनको अनुमति

नेपाल राष्ट्र बैंकले गेट वे पेमेन्ट सर्भिसलाई ‘भुक्तानी प्रणाली सञ्चालक’ को सञ्चालन अनुमतिपत्र प्रदान गरेको छ । कम्पनीका अध्यक्ष कमलनाथ प्रधानलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सपथ ग्रहणसमेत गराएका छन् । अध्यक्ष प्रधानले आगामी दिनमा कम्पनीले विभिन्न माध्यमबाट नेपालमा सरल रुपमा डिजिटल भुक्तानी प्रणाली भित्र्याउनुका साथै भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाए […]