नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७९ जारी गरेको छ । यसअघि भएका परिपत्र र भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७८ खारेज गर्दै बैंकले नयाँ निर्देशिका जारी गरेको हो ।
नयाँ निर्देशिकामा साइबर सुरक्षा र उपभोक्ता संरक्षणमा बढी जोड दिएको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेलले बताए...