भरतपुर महानगरमा अनलाइन भुक्तानी प्रणाली सुरु

चितवन । भरतपुर महानगरपालिकामा अनलाइन भुक्तानी प्रणाली र डिजिटल बडापत्रको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगरप्रमुख रेनु दाहालले प्रणाली र बडापत्रको उद्घाटन गरेकी हुन् । अनलाइन भुक्तानी प्रणाली सुरु गरेसँगै सम्पत्ति कर, नक्सा पास, राजश्व, बहाल कर लगायतका महानगरमा भुक्तानी गर्ने सबै प्रकारका करहरु घरबाट नै तिर्न सकिने गरी अनलाइन भुक्तानी प्रणाली सुरु […]

सम्बन्धित सामग्री

३० करोड सरकारी लगानीको नमस्ते पेको बेहाल

१ फागुन, काठमाडौ । २८ भदौ २०७८ मा नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको लगानीमा ‘नमस्ते पे’ नामक अनलाइन भुक्तानी प्रणाली सुरु हुँदा धेरैले सोचेका थिए यसले निजी क्षेत्रका प्रतिस्पर्धीलाई धेरै पछि पार्नेछ । नेपाली बजारमा ईसेवा, खल्ती, आईएमई पे, प्रभु पे लगायतका डिजिटल वालेटहरु परिचित भइसकेको अवस्थामा करिब ४ वर्षको तयारीपछि करोडौं रुपैयाँ लगानीमा […]

यातायातमा अनलाइन भुक्तानी सेवा बन्द : बिचौलियालाई लाभ, सेवाग्राहीलाई सास्ती

सवारीसाधनको नवीकरण र सवारी करमा अनलाइन भुक्तानी प्रणाली बन्द हुँदा सर्वसाधारणले दुःख पाएका छन् भने बिचौलियालाई लाभ मिलेको छ । दुई वर्षअघि सुरु भएको अनलाइन सेवा गत १ साउनदेखि बन्द भएसँगै...

बैंक र अनलाइन प्रणालीबाहेक राजस्वको नगद कारोबार नगर्न विभागले गरायो सचेत

१२ पुस, काठमाडौं । बैंक तथा अनलाइन भुक्तानी प्रणाली बाहेक सरकारी राजस्वको नगद कारोबार नगर्न आन्तरिक राजस्व विभागले सचेत गराएको छ । केही दिन अगाडि नयाँ बसपार्क क्षेत्रमा आन्तरिक राजस्व कार्यालयबाट खटिएको भन्दै अनाधिकृत व्यक्तिले कर जरिवाना गराई रकम असुल गरेको फेला परेको थियो । विभागले कर रकम भुक्तानी राजस्व संकलन गर्ने बैंक वा अनलाइन […]

भरतपुर महानगरमा सुरु भयो अनलाइन भुक्तानी प्रणाली

भरतपुर महानगरपालिकामा मंगलबारदेखि घरमै बसेर कर तिर्न सकिने अनलाईन भुक्तानी प्रणाली सञ्चालनमा आएको छ । आफ्ना करदाताहरुले घरमै बसेर सहजतापूर्वक कर तिर्न सकून् भन्ने उद्देश्यसहित महानगरपालिकाले अनलाइन भुक्तानी प्रणाली सुरुवात गरेको हो ।भरतपुर महानगरपालिकामा तिर्ने राजस्व, कर, दस्तुरलगायतका सम्पूर्ण शुल्क अनलाइन प्रणालीबाट सजिलै सकिने भएको छ । सेवाको आज (मंगलबार) एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् ।  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुर मह

बढ्यो अनलाइन भुक्तानी

काठमाडौं । अनलाइन व्यापार (इ–कमर्श) मा विद्युतीय माध्यमबाट हुने भुक्तानी बढ्दै गएको देखिएको छ । नेपालमा ई–कमर्श पहिलेदेखि नै फस्टाए पनि भुक्तानी भने नगद (क्यास) मै हुने गरेको थियो । तर, पछिल्लो समय भुक्तानी पनि विद्युतीय अर्थात् अनलाइन माध्यमबाट बढी हुने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबाट प्राप्त तथ्यांकअनुसार गत ज्येष्ठयता अनलाइन व्यापारमा विद्युतीय भुक्तानी निरन्तर बढ्दै गएको छ । रकमका आधारमा मात्र नभएर कारोबार संख्या पनि बढेको देखिएको छ । गत ज्येष्ठमा अनलाइन व्यापारमा विद्युतीय माध्यमबाट रू. १६ करोड १० लाख भुक्तानी भएको थियो । असोजसम्म आउँदा त्यो बढेर मासिक रू. ४५ करोड ५० लाख पुगेको देखिन्छ । गत ज्येष्ठमा अनलाइन माध्यमबाट सामान खरीद गर्दा ३८ हजार ६१३ पटक विद्युतीय माध्यमबाट भुक्तानी भएको छ । असोजमा भने ७६ हजार ३५७ पटक यस्तो भुक्तानी भएको देखिन्छ । पहिला आम ग्राहकले अनलाइनमार्पmत सामान खरीद गरे पनि भुक्तानी भने नगदमा नै दिने गरेका थिए । तर, पछिल्लो समय भुक्तानी पनि अनलाइन माध्यमबाट गर्ने प्रवृत्ति बढेको राष्ट्र बैंकका प्रवक्ता देवककुमार ढकाल बताउँछन् । ‘अहिले आम मानिसको बानी फेरिइसक्यो । नगद बोक्न छोडिसकेको अवस्था छ, जहाँ पनि अनलाइन भुक्तानी नै गर्न खोज्छन्,’ उनले भने, ‘त्यसैले अनलाइन व्यापारमा विद्युतीय माध्यमबाट हुने भुक्तानी बढ्दै गएको हो ।’ कोरोनाका कारण विद्युतीय भुक्तानीमा ठूलो फड्को मारिएको उनको भनाइ छ । ‘कोरोना महामारीका कारण आम मानिसले प्रविधिको प्रयोग गर्न थालेका छन् । मानिसहरू नगदभन्दा पनि अनलाइन भुक्तानी गर्न खोज्छन्,’ उनभने भने, ‘त्यसैले पछिल्लो समय कुनै पनि क्षेत्रमा विद्युतीय माध्यमबाट हुने भुक्तानी बढ्दो अवस्थामा छ ।’ अनलाइन भुक्तानी सेवाप्रदायकहरूको दायरा विस्तार हुँदा पनि विद्युतीय भुक्तानी बढ्दै गएको उनको भनाइ छ । ‘अहिले विभिन्न डिजिटल वालेटहरू सञ्चालनमा छन् । बैंकहरूको मोबाइल बैंकिङलाई पनि अझै प्रभावशाली बनाउँदै लगेका छन्,’ उनले भने, ‘त्यही कारण विद्युतीय भुक्तानी बढ्दो छ ।’

फोन-पे मार्फत कारोबार गर्ने झापाका उज्ज्वललाई कार उपहार

काठमाडौं : अनलाइन भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ उपहार योजनामा झापाको बिर्तामोडका उज्जवल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन कार जितेका छन्।उनलाई एक कार्यक्रमबीच फोन पेका प्रमुख कार्यकारी अधिकृत अद्वैत तुलाधर‚  नबिल बैंकका चिफ मार्केटिङ अफिसर कविन्द्रप्रसाद श्रेष्ठ र फोन पेका ब्राण्ड एम्बेस्डर सन्दिप क्षेत्रीले गाडी हस्तान्तरण गरेका छन्। अधिकारी नविल बैंकका ग्राहक हुन्।डिजिटल कारोबारलाई प्रोत्साहन गर

वालेट कम्पनी खरिद–बिक्री राष्ट्र बैंकको स्वीकृतिमा मात्र

प्रविधिको प्रयोग गरी भुक्तानी सेवा सञ्चालन गर्ने कम्पनीहरुको खरिद÷बिक्रीका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने भएको छ ।केन्द्रीय बैंकले भुक्तानी प्रणाली र भुक्तानी सेवा दिने कम्पनीहरुलाई सूचना जारी गर्दै सेयर खरिद-बिक्री गर्नुपूर्व अनिवार्य रुपमा स्वीकृति लिन निर्देशन दिएको हो । अनलाइन भुक्तानी सेवाप्रति सर्वसाधारणको आकर्षण बढेसँगै यस सम्बन्धी कम्पनीहरु खुल्ने क्रम बढेको छ । तर, […]