भरतपुर महानगरपालिकामा मंगलबारदेखि घरमै बसेर कर तिर्न सकिने अनलाईन भुक्तानी प्रणाली सञ्चालनमा आएको छ । आफ्ना करदाताहरुले घरमै बसेर सहजतापूर्वक कर तिर्न सकून् भन्ने उद्देश्यसहित महानगरपालिकाले अनलाइन भुक्तानी प्रणाली सुरुवात गरेको हो ।भरतपुर महानगरपालिकामा तिर्ने राजस्व, कर, दस्तुरलगायतका सम्पूर्ण शुल्क अनलाइन प्रणालीबाट सजिलै सकिने भएको छ । सेवाको आज (मंगलबार) एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुर मह