लोकल कुखुरा भन्ने बित्तिकै मासु र अण्डाको लागि राम्रो मानिन्छ । विशेषगरी गाउँघरमा पाहुनाको सत्कार, पूजाआजा, विरामी तथा सुत्केरीलाई खुवाउनका लागि लोकल कुखुरा पालिने गरिन्छ । तर दोलखाको मेलुङ गाउँपालिकामा भने व्यवसायिक रुपमा लोकल कुखुरा पालन सुरु गरिएको छ ।
गाउँपालपकाको वडा नम्बर ७ सीतलीमा करिब ४० लाख रुपियाँ लागतमा लोकल कुखुरा पालन व्यवसाय सुरु गरिएको हो ।