म्याग्दी : धेरै मानिसहको रहर काठमाण्डौंमा घर बनाउने, त्यही बस्ने र रमाउने हुन्छ। यही रहर पूरा गर्नका लागि कैयौं व्यक्ति विदेश जान्छन्। गाउँको जायजेथा बेचेरै भए पनि दुई तीन आनाको टुक्रे जग्गा किनेर काठमाडौंमा घर बनाउँछन्।तर‚ म्याग्दीका एक जना व्यक्ति काठमाडौंबाट फर्केर गाउँमा स्थानीय जातका कुखुरा पालन र १४ रोपनी क्षेत्रफलको धान फल्ने खेतमा केराखेती गरेर गाउँमा नै रमाएर बसेका छन्। काठमाडौंको गोंगबुमा रहेको आफ्नो पाँच तले घर भाडामा दिएर गाउँ फर्किएका बेनी नगरपालिका–२ बगरफाँटका ५४ वर्षीय