लोप हुँदै स्थानीय जातका कुखुरा

मेलम्ची– पछिल्लो समय सिन्धुपाल्चोकमा स्थानीय जातका कुखुरा पाइनै छाडेको छ । क्रस, ब्वायलर र गिरिराज जातका कुखुरा गाउँगाउँमा पाइन्छ । तर स्थानीय जातका कुखुरा भने विरलै मात्रामा पाइन्छ । स्थानीय जातका कुखुराबाट आम्दानी हुन लामो समय कुर्नुपर्ने तर उन्नत र ब्वायलर कुखुराबाट छिटो आम्दानी हुने भएकाले पनि स्थानीय जातका कुखुरामा कमी आउन थालेको हो । […]