बाँकेमा खुला दुध विक्री वितरणमा प्रतिवन्ध

बाँकेमा खुला दुध विक्री वितरणमा प्रतिवन्ध लगाइएको छ । दुधलाई प्याकेजिंग गरेर मात्र विक्री वितरण गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले निर्देशन जारी गरेपछि खुला दुध विक्री गर्न रोक लगाईएको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बांगले खुला दुध विक्री वितरण गर्न प्रतिवन्ध लगाईएको जनाउँदै सो विपरित गर्नेलाई कडा कारवाही गरिने बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बाँकेले दुग्ध तथा दूधजन्य पदार्थको गुणस्तर निर्देशिका २०७५ लागू गर्न सो प्रतिवन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी कुरुम्बांगले जानकारी दिनुभयो । जिल्लामा खुला रुपमा विक्री वितरण गरिरहेका उद्योग तथा पसलहरुलाई प्याकेजिंग गरेर मात्र विक्रीवितरण गर्न समय दिइएको थियो तर उक्त समयसम्ममा पनि धेरैले अटेर गरेर खुला रुपमै कारोबार गरेपछि प्रतिवन्ध लगाउनु परेको प्रशासन कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

रेबिज लागेको गाई-भैंसीको दुध खाइयो! के गर्ने?

उक्त निर्देशिका अनुसार रेबिज लागेको जनावरको दुध पिएमा खोप लिनु पर्दैन भनेर लेखिएको छ। विश्व स्वास्थ संगठनले पनि रेबिज संक्रमित जनावरको दुध पिएर रेबिज भाइरस नसर्ने वा सरेको पुष्टि नभएको भनेर आफ्नो निर्देशिकामा उल्लेख गरेका छन्।

दुध चिया कि कागती चिया?

दुधमा हुने कोलेस्ट्रोलले रगतमा यसको मात्रा बढाएर शरीरलाई हानी गर्न सक्छ। यसको अर्थ दुध चिया स्वास्थ्यको लागि नराम्रो होइन। यसको बढी प्रयोगले हानी हुन सक्छ।

सातौं विश्व स्कुल दुध दिवस मनाइँदै

नेपालमा सातौं विश्व स्कुल दुध दिवस मनाइने भएको छ । विश्वमा २२ औं र नेपालमा सातौं विश्व स्कुल दुध दिवस मनाउन लागिएको हो । विश्वमा कुनै पनि बालबालिकाले दुध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर सन् २००० देखि सेप्टेम्बर महिनाको अन्तिम बुधबार स्कुल दुध दिवस मनाउन शुरु गरिएको थियो ।नेपालमा असोज १२ गते सेप्टेम्बर महिनाको अन्तिम बुधबार परेको छ । सो दिन विश्व स्कुल दुध दिवस मनाउनका लागि नेपाल डेरी एसोसिएसनले असोज ७ गतेदेखि नै विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । कार्यक्रमको अन्तिम दिन अर्थात

गत वर्ष ३४ करोडको पाउडर दुध आयात

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३४ करोड ८१ लाख रुपैयाँको पाउडर दुध आयात भएको छ । भन्सार विभागका अनुसार गत वर्षभरिमा उक्त मूल्य बराबरको पाउडर दुध आयात भएको जनाएको हो ।७ लाख ४५ हजार किलोग्राम दुध आयात हुँदा आयातकर्ताले राज्यलाई २० करोड ३८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । गत वर्ष विश्वका १३ वटा देशबाट पाउडर दुध आयात हुने गरेको थियो । जसमध्ये, भारतबाट सबैभन्दा धेरै ३३ करोड ९६ लाख बराबरको ७ लाख ३४ हजार किलो पाउडर दुध आयात भएको छ ।यसैगरी, न्यूजील्याण्डका २६ लाख रुपैयाँको दुध आयात हुँदा संयुक्त अरब

यस्तो बैंक जहाँ आमाको दुध जम्मा गरिन्छ

नेपालमा पहिलो पटक परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ स्थापना गरिएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले यसको उद्घाटन गरेकी हुन् ।ह्युमन मिल्क बैंकमा दुध धेरै आएर दुहेर फाल्नुपर्ने अवस्था सिर्जना भएका महिलाले दान गरेको दुध राखिन्छ । अस्पतालका नवजात शिशु विभागकी प्रमुख तथा बालरोग विशेषज्ञ डाक्टर कल्पना सुवेदीले दुध धेरै आएर फाल्नुपर्ने अवस्था सिर्जना भएका महिलाको दुध संकलन गरी परीक्षण गरेर ‘पास्चराइजेसन’ गरिने बताइन् । एक सय मिलिलिटरको बोतल

बेलौरी नगरपालिका दुध उत्पादनमा आत्मनिर्भर

कञ्चनपुर : बेलौरी नगरपालिका दुध उत्पादनमा आत्मनिर्भर भएको छ। नगरपालिकामा दुध खपत नभएर बाह्य जिल्लामा पठाउन हुन थालेको छ।उन्नत नश्लका गाई र भैसीको व्यवसायीक पालनमा जोड दिईन थालेपछि नगरपालिका दुग्ध उत्पादनमा आत्मनिर्भर हुन थालेको हो।नगरपालिकाको पशु विकास शाखाका प्रमुख तारादत्त अवस्थीका अनुसार दैनिक नगरपालिकामा  तीन हजार देखि तीन हजार ५०० लिटर बढी दुध उत्पादन हुने गरेको छ। जस मध्ये दैनिक एक हजार देखि एक हजार पाँच सय लिटर दुध नगरपालिकामा खपत हुने गरेको छ। दुई दिनको फरकमा दुध संकलन केन्द्रब

दुध बेचेर आत्मनिर्भर

खाम्चाले १८ वटा भैंसीपालेका छन्। आधाले अहिले दुध दिइरहेका छन्। उनीसँगै श्रीमती र छोरा पनि यहीँ व्यवसायमा छन्। सदरमुकामसम्म दुध पुर्‍याउन अटो रिक्सा किनेका छन्। ‘विहान र बेलुका दुई पटक दुध पुर्‍याउन सदरमुकाम जानुपर्छ,’ खाम्चाले भने, ‘फर्कने बेला यात्रु ल्य...

यी पाँच चिजसँग बिर्सेर पनि नखानुहोस् दुध, स्वास्थ्यका लागि खतरनाक

जून १ मा विश्व दुध दिवस मनाइन्छ । दुधमा हरेक प्रकारको पोषक तत्व पाइन्छ र यो स्वास्थ्यका लागि निकै आवश्यक पनि छ । दुधका फाइदाप्रति मानिसलाई जागरुक गराउनका लागि विश्व दुध दिवस मनाइन्छ । दुधलाई मानिसहरुले आ–आफ्नै तरिकाले पिउने गर्छन् । कसैलाई साधा दुध पिउन मनपर्छ भने कतिलाई दुधमा केही फ्लेवर मिसाएर खान मनपर्छ । विशेषज्ञका अनुसार केही खानेकुरासँग दुध खानुहुँदैन किनभने यो स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔँ ।माछासँग दुधःदुध चिसो प्रकृतिको खाना हो जबकी माछा खाँदा शरीर

चश्मा लगाइदिएपछि गाईले दिन थाल्यो धेरै दुध

गाईलाई घाँस–पिठो खान दिएपछि धेरै दुध दिने गरेको पाइएको छ । प्रजाति सुधार गरेर पनि गाईको दुध बढाउने प्रयास सबैतिर भइरहेको छ । तर यसका लागि पैसा पनि धेरै नै लाग्छ ।तर गाईको दुध बढाउने प्रयासमा एउटा यस्तो अचम्मको तरिका अपनाइएको छ जुन सुन्दा तपाईंलाई अचम्म लाग्ला । तर यो साँचो हो, टर्कीका एक किसानले आफ्नो गाईले धेरै दुध देओस् भनेर प्रविधिको सहारा लिएका छन् ।विशेष प्रविधिको प्रयोगबाट बढ्यो गाईको दुध उत्पादनडेली मेलका अनुसार टर्कीको अक्साराय सहरमा बस्ने किसान इज्जेत कोकाकले आफ्नो गाईलाई भर

रुकुम पश्चिमबाट ७४ हजार लिटर दुध निर्यात

रुकुम पूर्व : रुकुम पश्चिमबाट एक वर्षमा करिब ७४ हजार लिटर दुध निर्यात भएको छ।गत आर्थिक वर्षमा ७३ हजार ९९४ लिटर दुध नेपालगञ्ज निरयात भएको हो। मुसीकोट नगरपालिका–४ को नागरिक दुग्ध सहकारी संस्थाले दुग्ध विकास संस्थान नेपालगञ्जमा दुध पठाउने गरेको छ। दुध निर्यातबाट ४० लाख ६७ हजार ४८६ रुपैयाँ भित्रिएको छ।आर्थिक वर्ष २०७६/७७ को तुलनामा भने आर्थिक वर्ष २०७७/७८ मा दुध निर्यात घटेको छ। २०७६/७७ मा एक लाख १४ हजार ८८० लिटर दुध निर्यात भएको थियो। यसबाट ६१ लाख ९०० रुपैयाँ भित्रिएएको थियो। गत वर्ष कोरोना भ