कञ्चनपुर : बेलौरी नगरपालिका दुध उत्पादनमा आत्मनिर्भर भएको छ। नगरपालिकामा दुध खपत नभएर बाह्य जिल्लामा पठाउन हुन थालेको छ।उन्नत नश्लका गाई र भैसीको व्यवसायीक पालनमा जोड दिईन थालेपछि नगरपालिका दुग्ध उत्पादनमा आत्मनिर्भर हुन थालेको हो।नगरपालिकाको पशु विकास शाखाका प्रमुख तारादत्त अवस्थीका अनुसार दैनिक नगरपालिकामा तीन हजार देखि तीन हजार ५०० लिटर बढी दुध उत्पादन हुने गरेको छ। जस मध्ये दैनिक एक हजार देखि एक हजार पाँच सय लिटर दुध नगरपालिकामा खपत हुने गरेको छ। दुई दिनको फरकमा दुध संकलन केन्द्रब