रुकुम पश्चिमबाट ७४ हजार लिटर दुध निर्यात

रुकुम पूर्व : रुकुम पश्चिमबाट एक वर्षमा करिब ७४ हजार लिटर दुध निर्यात भएको छ।गत आर्थिक वर्षमा ७३ हजार ९९४ लिटर दुध नेपालगञ्ज निरयात भएको हो। मुसीकोट नगरपालिका–४ को नागरिक दुग्ध सहकारी संस्थाले दुग्ध विकास संस्थान नेपालगञ्जमा दुध पठाउने गरेको छ। दुध निर्यातबाट ४० लाख ६७ हजार ४८६ रुपैयाँ भित्रिएको छ।आर्थिक वर्ष २०७६/७७ को तुलनामा भने आर्थिक वर्ष २०७७/७८ मा दुध निर्यात घटेको छ। २०७६/७७ मा एक लाख १४ हजार ८८० लिटर दुध निर्यात भएको थियो। यसबाट ६१ लाख ९०० रुपैयाँ भित्रिएएको थियो। गत वर्ष कोरोना भ

सम्बन्धित सामग्री

खिर खाने दिन नब्बे लाख लिटर दुध खपत

साउन १५ गते खिर खाने दिन देशभर करिब ९० लाख लिटर दुध खपत भएको छ । डेरी उद्योगीको छाता सङ्गठन नेपाल डेरी एसोसिएसन नेपालका अनुसार अरू दिन दैनिक ३० लाख लिटर दुध खपत हुन्छ तर खिर खाने दिन तीन गुणा बढी अर्थात् ९० लाख लिटर दुख खपत भएको हो । ९० लाख लिटर दुध खपतबाट ६५ करोड १० लाख बराबरको आर्थिक कारोबार भएको जनाइएको छ ।

दुध बिक्री नहुँदा दैनिक ४२ लाख घाटा व्यहोर्दै किसान

दुध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानले दैनिक ४२ लाख रुपैयाँ घाटा व्यहोर्दै आएका छन् । जिल्लामा उत्पादित दुधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकमबराबरको क्षति व्यहोर्न किसान बाध्य...

डिडिसीमा ठूलो परिमाणमा पाउडर दुध र मख्खन थन्कियो

काठमाडौँ, १८ फागुन । दुग्ध विकास संस्थान (डिडिसी)मा ठूलो परिमाणमा पाउडर दुध र मख्खन थन्किँदा किसानलाई रकम भुक्तानीमा समस्या देखिएको छ । डिडिसीले दैनिक रुपमा विभिन्न जिल्लाका कृषकमार्फत एक लाख ४० हजार लिटर दुध खरिद गर्दै आएपनि बजारमा दैनिक ९० हजार लिटरमात्र बिक्रीहुँदा समस्या देखिएको हो । संस्थानका उपमहाप्रवन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले डिडिसीमा […]

चितवनका किसानले पाएनन् दुधको ५२ करोड भुक्तानी

चितवनको कालिका नगरपालिका– ६ स्थित नव मिलिजुली दुग्ध सहकारी संस्थामा दैनिक १४ सय लिटर दुध संकलन हुन्छ।...

लम्पी स्किनले दुध उत्पादनमा कमी ! 'समस्या समाधान नभए फागुनबाट दुध अभाव हुने'

काठमाडौं । बागमती प्रदेश दुग्ध विकास बोर्डअन्तर्गत बागमती प्रदेश दुग्ध क्षेत्र सुधार समितिले पहिलो पटक सरोकारवालासँग काठमाडौंमा छलफल गरेको छ । छलफल कार्यक्रममा नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले अहिले लम्पी स्किन रोगका कारण लाखौं पशुहरू संक्रमित भएको र ५० औं हजारको मृत्यु भएकोले किसानको नोक्सान भएको बताए । साथै यसले दुध उत्पादनमा कमी पनि आएको उनको भनाइ छ । तत्काल दुध अभावको समस्या नदेखिए पनि आउँदो सिजन फागुनबाट दुधको अभाव हुने उनले दाबी गरे । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले अहिले देशमा लम्की रोगका कारण दुध कम हुनुपर्नेमा दुध बढी भएर ‘मिल्क होलिडे’ हुने अवस्था आएको बताए । भारतका सीमाबाट अवैध बाटो हुँदै दैनिक लाखौं लिटर दुध भित्रिँदा दुध उत्पादक किसान समस्यामा परेको उनको भनाइ छ । किसानलाई समस्या परेकाले तत्काल सीमा नाकामा कडाइ गरिनुपर्नेमा उनले जोड दिए । डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले अहिलेको समस्या हल गर्न राज्यले सहयोग गर्नुपर्ने धारणा राखे । राज्यले सहयोग नगरे थप विकराल समस्या आउन सक्नेमा उनले चिन्ता व्यक्त गरे ।  बोर्डका निमित्त निर्देशक डा. सजिना ज्ञवालीले अहिले देखिएको समस्या हल गर्न छलफल आयोजना गरेको बताइन् ।  बोर्डका उपाध्यक्ष टीका बल्लभ सापकोटाले छलफलमा दर्शाइएका सबै समस्याको हल गर्न बोर्डले प्रयास गर्ने बताए । अहिले किसानलाई दुध विक्री गर्न समस्या भएको र विक्री भएका उद्योगबाट पनि समयमै भुक्तानी नपाएको उनको भनाइ छ । उनले किसानलाई समयमै दुधको भुक्तानी गर्न उद्योगलाई आग्रह गरे ।

बेलौरी नगरपालिका दुध उत्पादनमा आत्मनिर्भर

कञ्चनपुर : बेलौरी नगरपालिका दुध उत्पादनमा आत्मनिर्भर भएको छ। नगरपालिकामा दुध खपत नभएर बाह्य जिल्लामा पठाउन हुन थालेको छ।उन्नत नश्लका गाई र भैसीको व्यवसायीक पालनमा जोड दिईन थालेपछि नगरपालिका दुग्ध उत्पादनमा आत्मनिर्भर हुन थालेको हो।नगरपालिकाको पशु विकास शाखाका प्रमुख तारादत्त अवस्थीका अनुसार दैनिक नगरपालिकामा  तीन हजार देखि तीन हजार ५०० लिटर बढी दुध उत्पादन हुने गरेको छ। जस मध्ये दैनिक एक हजार देखि एक हजार पाँच सय लिटर दुध नगरपालिकामा खपत हुने गरेको छ। दुई दिनको फरकमा दुध संकलन केन्द्रब

पूर्वमन्त्रीको उपस्थितिमा पशुपति मन्दिर अगाडि बाग्मतीमा एक सय लिटर दुध चढाइयो

पशुपतिनाथ मन्दिर अगाडि बाग्मती नदीमा हिन्दुधर्मालम्वीले एकसाथ एक सय लिटर दुध चढाएका छन्। तिथी अनुसार श्रावण महिनाको पहिलो सोमबारको अवसरमा पशुपतिनाथलाई दुध अपर्ण गरिएको उनीहरुले बताएका छन्।

दुई वर्षभित्र दुध उत्पादनमा आत्मनिर्भर बन्छौं : मन्त्री अर्याल

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दुध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छिन्। विश्व दूध दिवशको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले आयोजना गरेको भर्चुअल कार्यक्रमा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्। भनिन्, “अबको दुई वर्षभित्र हामी दुधमा आत्मनिर्भर बन्छौं। प्रति व्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा गर्छौं।”

भारतबाट अवैध दुध आयात रोकिँदा किसान लाभान्वित

नेपालगञ्‍ज : भारतबाट अवैध ढंगले हुने गरेको दुध आयात रोकिँदा नेपाली किसान र दुग्ध व्यवसायी लाभान्वित भएका छन्‌।कोरोना संक्रमण जोखिमका कारण नेपाल-भारत सीमामा नाकामा कडाई भएपछि भारतका सीमावर्ती गाउँहरूबाट नेपालतर्फ अवैध रूपमा दुध भित्रिन बन्द भएको हो। बाँके जिल्लामा मात्रै भारतबाट अवैध रूपमा दैनिक करिब ५ हजार लिटर दुध भित्रिने गरेको थियो।भारतीय दुध आयात रोकिएपछि बाँकेका ग्रामिण किसानले उत्पादन गरेको दुधले बजार पाउन थालेको छ। दुध बिक्रेताहरूले गा

दैनिक तीन लाख लिटर दुध बढी

केही महिनाअघिसम्म दुध अभाव झेलिरहेका डेरी उद्योगीलाई अहिले बढी भएको दुध कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता भइरहेको छ । गाईबस्तुमा लागेको ‘लम्पी स्किन’का कारण दुध उत्पादन घटेको छ । तैपनि डेरीवालासँग बढी भएको दुध कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको छ । नेपालमा दैनिक ६५ लाख लिटर दुध उत्पादन हुन्छ । अहिले पशुमा लागेको रोगका कारण ५० लाख लिटरमा झरेको छ । यसले यति बेला दुधको हाहाकार हुनुपर्ने थियो तर अहिले तीन लाख लिटरभन्दा बढी दुध बढी भइरहेको छ, जसलाई व्यवस्थापन गर्न डेरीवालालाई धौधौ परिरहेको छ ।