एउटा लघुवित्तलाई तिर्न अर्कोबाट ऋण, एउटै व्यक्ति १२ संस्थाको ऋणी

जीविकोपार्जन सहज बनाउने उद्देश्यले लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका महिलाहरु कसरी एक पछि अर्को लघुवित्तको ऋणी बन्दै गए र अहिले धान्नै नसक्ने ऋणको दलदलमा फसे ? बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ र ६ का महिलाहरुलाई भेटेपछि तयार पारिएको रिपोर्ट ।

सम्बन्धित सामग्री

२२ वर्षअघि अनुदानमा पाठा अहिले पैसा तिर्न दबाब

विराटनगर । विपन्न मुसहर समुदायका मानिसलाई २२ वर्षअघि अस्टे्रलिया सरकारको अनुदान भन्दै बंगुर र बाख्राका पाठापाठी वितरण गरिएको थियो । २०५८ सालमा फादर प्रकाशले मोरङको जहदा गाउँपालिकाभित्रको मुसहर (ऋषिदेव) बस्तीमा वितरण गरेको सामग्री अनुदान नभएर ऋण भएको भन्दै जबरजस्ती असुल गर्न थालिएपछि पीडितले पत्रकार सम्मेलन गरी समस्या सार्वजनिक गरेका छन् ।  जहदाका दुई सयभन्दा बढी सम्मिलित प्रकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०६६ सालमा दर्ता भई सञ्चालनमा आयो । त्यसअघि अनुदान दिने फादर प्रकाशको मृत्यु भइसकेको थियो । उनकै नामबाट सहकारी दर्ता गरिएको थियो ।  सहकारीको अध्यक्ष जहदा गाउँपालिका–७ का वडाअध्यक्ष भगवान मरान्डाकी श्रीमती एलिजाबेथ हुन् । अहिले २ दशकअगाडि दिएको बंगुर र बाख्राको पाठा ऋण हो भन्दै सहकारीले ऋषिदेवसहित सीमान्तकृत सामुदायका शेयर सदस्यलाई तिर्न दबाब दिइरहेको बताइएको छ । उक्त सहकारीले संस्था स्थापना नहुँदै बंगुर र बाख्राको पाठा लिएकाहरूलाई अहिले ऋण र ब्याज तिर्न दबाब दिएको हो । जहदा गाउँपालिका–७, सितुङटोलका ५० वर्षीय हडमा किस्कुले २२ वर्षअगाडि तीनओटा बंगुरको पाठा लिएका थिए । ती पाठा अनुदान दिएको भनिएको थियो । त्यसबेला पाठा हुर्केर नयाँ बंगुर जन्माएपछि छिमेकी वा समूहलाई बंगुर दिनुपर्ने नियम थियो ।  आयआर्जनमा सहजीकरण गर्दै आत्मनिर्भर बनाउने भनेर ग्रामीण क्षेत्रका आर्थिक रूपले विपन्न र सीमान्तकृत समुदायलाई समूहमार्फत बंगुर र बाख्राको पाठा वितरण गरिएको थियो । अहिले पाठा ऋणका रूपमा दिएको भन्दै सहकारीले तिर्न दबाब दिएपछि पीडितहरू गुनासो गर्न जहदाबाट १ घण्टा पैदल हिँडेर आइतवार विराटनगर आइपुगेका थिए । उनीहरूले सहकारीमा जम्मा गरेको रकम फिर्ता हुनुपर्ने, अनुदानको नाममा बंगुर, बाख्राको पाठा वितरण गरेकोमा अहिले आएर भइरहेको रकम असुली धन्धा बन्द गरिनुपर्ने र अहिलेसम्म दिएको रकम फिर्ता गरिनुपर्ने अडानमा आफूहरू रहेको पत्रकार सम्मेलनमा बताए ।  ‘गाउँका अगुवा प्रकाश सरले दलित, मजदूर, अपांगता भएका व्यक्ति र साना किसानलाई आयआर्जनमा सहयोग गर्ने भन्दै अनुदानमा आएको बंगुर र बाख्राको पाठा दिनुभएको हो । बंगुर र बाख्राको नयाँ पाठा उत्पादन भएपछि तपाईंहरू जस्तै असहाय र विपन्न समुदायलाई दिनुपर्छ भन्ने शर्त थियो,’ उनीहरूले भनेका छन्, ‘अहिले आएर सहकारीले ऋण दिएको हो । त्यसबेलाको तीनओटा पाठाको साँवा र ब्याजसहित ७० हजार रुपैयाँ भयो भन्दै तिर्न दबाब दिइरहेको छ ।’ अरुको घरमा बनिबुतो गरेर परिवार पाल्नेले उक्त रकम तिर्ने अवस्था नरहेको पाठा लिनेमध्येका एक हडमा किस्कुले बताए । सहकारीले कर्मचारी खटाएर बंगुर र बाख्राको पाठाको साँवाब्याज तिर्न दबाब दिने गरेको पीडितले बताएका छन् । उनीहरूले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिए पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । सहकारीले जहदा–७, सितम टोलका झन्डै २ सय घरपरिवारलाई दबाब दिइरहेको बताइएको छ । शुरूमा सबैले अनुदान भन्दै बंगुर र बाख्राको पाठा लिएका थिए । अहिले आएर सहकारीले त्यसको साँवा र ब्याज तिनुपर्ने भन्दै नतिर्नेको सहकारीमा रहेको बचत र शेयर रकम फिर्ता नदिने चेतावनी दिइरहेको उनीहरूको गुनासो छ ।

१५ सय तिर्न नसकेर स्कूलबाट निकालिए, पेपाल र एप्पलको हेडक्वार्टरमा काम पाए

कल्पना गर्नुस् त, १५ सय शुल्क तिर्न नसकेर विद्यालयबाट निकालिएको एउटा व्यक्ति विश्वप्रशिद्ध प्रविधि कम्पनी एप्पलमा काम गर्न सक्छ होला ? झट्ट सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सम्भव होला र ? जस्तो लाग्छ । तर, काठमाडौंका क्षितिजराज लोहनीको हकमा भने यो सम्भव भइदियो ।  कुनै समय १५ सय शुल्क तिर्न नसकेर विद्यालयबाट निकालिएका क्षितिज अहिले एप्पलमा सफ्टवेयर इन्जिनियरको रूपमा...

व्यवसायी र संघसंस्थालाई काठमाडौँ महानगरले दियो ३० दिने ‘अल्टिमेटम’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति वा संघ-संस्थाले आफ्नो कार्यस्थल बाहिर राखेको परिचय पार्टी (साइनबोर्ड)को शुल्क ३० दिनभित्र बुझाउन आग्रह गरेको छ। व्यक्ति, व्यवसाय वा सङ्घसंस्थाको परिचय खुल्ने साइनबोर्ड कार्यस्थल बाहिर राखेको भए त्यसको शुल्क तिर्न महानगरले आग्रह गरेको हो। अबको ३० दिनभित्र वडा कार्यालयमा गएर साइनबोर्ड शुल्क तिर्न महानगरले आज सूचना जारी […]

४१ ठूला करदातालाई काठमाडौं महानगरको पत्र : ‘१० दिनभित्र राजस्व तिर्नू’

५ असोज, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले एकैपटक ४१ वटा ठूला करदातालाई सम्पत्ति र घरबहाल कर तिर्न निर्देशन दिंदै पत्र काटेको छ । बुधबार पत्र लेख्दै महानगरपालिकाले विभिन्न संघसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकायहरुलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न निर्देशन दिएको छ । रेडक्रम र स्काउनदेखि पेप्सी उत्पादक बरुण वेभरेज तथा रञ्जना ट्रेड […]

४१ ठूला करदातालाई महानगरको पत्र-‘१० दिनभित्र राजस्व तिर्नू’

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले एकैपटक ४१ वटा ठूला करदातालाई सम्पत्ति र घरबहाल कर तिर्न निर्देशन दिँदै पत्र काटेको छ । बुधबार पत्र लेख्दै महानगरपालिकाले विभिन्न सङ्घसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकायहरूलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न निर्देशन दिएको छ । रेडक्रस र स्काउनदेखि पेप्सी उत्पादक बरुण वेभरेज तथा रञ्जना ट्रेड सेन्टर, वर्ल्ड […]

ट्वीटर किन्ने इलोन मस्कको योजना सफल होला ?

यतिबेला टेस्ला मोटर्सका मालिक इलोन मस्कले ट्वीटर किन्न निकै जोडबल गरिरहेका छन्। उनले यसको लागि ट्विटरसामु प्रस्ताव पनि गरिसकेका छन्। ट्वीटरको ‘असाधारण क्षमता अनलक’ गर्न आफू सक्षम व्यक्ति भएको मस्कको दाबी छ। एक अनपेक्षित विज्ञप्तिमार्फत मस्कले बिहीवार ट्वीटरको प्रति शेयर ५४.२० डलरका दरले ४१ बिलियन डलर मूल्य तिर्न आफू तयार…

२ अर्ब बक्यौंता नतिर्नेको तीनपुस्ते सार्वजनिक

काठमाडौं । महालेखा नियन्त्रक कार्यलयले सरकारी बक्यौंता नतिर्ने व्यक्ति तथा कम्पनीको तीनपुस्ते विवरण सार्वजनिक गर्दै असुलउपरका लागि ताकेता गरेको छ । झण्डै दुई अर्ब सरकारी रकम तिर्न बाँकी एक सय १५ व्यक्ति तथा फर्मको तीनपुस्ते सहितको नामनामेसी विवरण महालेखाले सार्वजनीक गरेको हो । महालेखाले अनुसार बेरुजुतर्फ ६३ व्यक्ति तथा फर्मले एक अर्ब ८६ करोड २४ […]

अनलाइनबाट पैसा तिर्न बैंकबाट कसरी लिने डलर कार्ड, कति लाग्छ शुल्क?

व्यक्ति मात्रै नभई संस्थाहरुले पनि यसैगरी कार्ड लिन सक्नेछन्। संस्थाहरुका लागि पनि कारोबारको सीमा एउटै हुन्छ।यस्ता कार्ड एटिएममा प्रयोग गरेर नगद झिक्न वा पस मेसिनमार्फत भुक्तानी गर्न मिल्दैन।

कोरोना पीडित उद्यमीलाई गण्डकी सरकारको राहत, ५० हजारदेखि १५ लाखसम्म निर्ब्याजी ऋण

व्यवसाय जीवनरक्षा कार्यक्रम मौलिक रहेको भन्दै उनले साना उद्यमी र व्यवसायीलाई यस कार्यक्रमले उत्साह दिने बताए। यस कार्यक्रम अन्तगर्त ऋण लिन चाहने व्यक्ति तथा संस्थाले धितो बीमा शुल्कबाहेक अन्य शुल्क तिर्न नपर्ने उनले जानकारी दिए।