४१ ठूला करदातालाई महानगरको पत्र-‘१० दिनभित्र राजस्व तिर्नू’

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले एकैपटक ४१ वटा ठूला करदातालाई सम्पत्ति र घरबहाल कर तिर्न निर्देशन दिँदै पत्र काटेको छ । बुधबार पत्र लेख्दै महानगरपालिकाले विभिन्न सङ्घसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकायहरूलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न निर्देशन दिएको छ । रेडक्रस र स्काउनदेखि पेप्सी उत्पादक बरुण वेभरेज तथा रञ्जना ट्रेड सेन्टर, वर्ल्ड […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरको राजस्व संकलन ४३ प्रतिशत

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष ०७९/८० को आठ महिनामा ४३ दशमलव ८२ प्रतिशत राजस्व संकलन गरेको छ । महानगरले चालू आवमा १० अर्ब ४१ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेकामा...

महानगरको राजस्व संकलनमा कमी

भरतपुर महानगरले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन । योे ६ महिनाको अवधिमा लक्ष्यको २७ प्रतिशतमात्रै राजस्व संकलन भएको छ । महानगरपालिकाले न्यूनतम एक अर्ब आन्तरिक आम्दानी गर्नुपर्ने कानुनी प्रावधान छ । ६ महिनामा करिब सात करोडमात्र राजस्व संकलन भएको छ । मेयर रेनु दाहालले राजस्व संकलनमा कमी आएकोमा असन्तुष्टि व्यक्त गरेकी छन् । बिहीबार […]

काठमाडौं महानगरको राजस्व बढ्यो

काठमाडौं : काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा चार अर्ब ३४ करोड राजस्व असुल गरेको छ। गत आर्थिक वर्षको यो अवधिमा महानगरपालिकाले तीन अर्ब ६९ करोड राजस्व उठाएको थियो। कोरोना महामारीको त्रास कम भएसँगै राजस्व  बढेको कामपा राजस्व विभाग प्रमुख डा.शिवराज अधिकारीले बताए।बुधबार कामपामा भएको राजस्व परामर्श समितिको बैठकमा डा.अधिकारीले राजस्व असुलसम्बन्धी जानकारी दिएका हुन्। बैठकले कामपाभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न राजस्व परामर्श स

प्रधानमन्त्री देउवाद्वारा राजस्व भुक्तानी प्रणालीको शुभारम्भ

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगरमा ‘स्मार्ट राजस्व भुक्तानी प्रणाली’को शुभारम्भ गरेका छन् । महानगरको १०४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले महानगरको ‘स्मार्ट सेवा’ अन्तर्गत ‘फोनपे’मार्फत राजस्व भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले ऐतिहासिक, धार्मिक र सांस्कृतिक गरिमालाई चीरकालपर्यन्त जीवन्त राख्न जनप्रतिनिधिसहित सम्पूर्ण कर्मचारीको सामूहिक प्रतिबद्धता रहने विश्वास […]

महानगरको राजस्व असुली दर ३० प्रतिशतले बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाको राजस्व सङ्कलनमा वृद्धि भएको छ । ५ असोजसम्म महानगरपालिकाले १ अर्ब ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को ५ असोजसम्म १ अर्ब २८ करोड ७१ लाख ३२ हजार ६६८ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । यसअनुसार यो […]

काठमाडौं महानगरको राजस्व असुली दर ३० प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाको राजस्व संकलनमा वृद्धि भएको छ ।

महानगरको सूचनाप्रति वीर अस्पतालको आपत्ति : ‘राजस्व कार्यालय गएर विवरण हेर’

काठमाडौं, भदौ २८ । वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ । काठमाडौं महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो । महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखेको भए यस विषयमा जानकारी गराइने उल्लेख गर्नु हुँदै वीर […]

महानगरको २४ घन्टे अल्टिमेटमपछि फन पार्कले तिर्‍यो मनोरञ्जन कर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ।  भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोरञ्जन कर महानगरको राजस्व विभागलाई केही समयअघि बुझाएको महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए।  उनका अनुसार उक्त मनोरञ्जन कर पाँच वर्षको हो।   अधिकारीका अनुसार मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर भनी […]

२४ घन्टाभित्र सबै कर नतिरे काठमाडौँ फनपार्क बन्द गर्ने काठमाडौँ महानगरको चेतावनी

काठमाडौं- काठमाडौं महानगरपालिकाले राजधानीको प्रदर्शनीमार्गमा रहेको फन पार्कलाई २४ घन्टाभित्र सबै कर तिर्न चेतावनी दिएको छ। बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घन्टाभित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर तिर्न निर्देशन दिँदै नतिरे फनपार्क शिलबन्दी गरी असुलउपर गरिने चेतावनी दिएको छ। महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले हस्ताक्षर गरेको पत्रमा भनिएको […]