गत मंसीर ८ गते बिहान ७ बजेतिर डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ की १४ बर्षीया अस्मिता शाहीले आत्महत्या गरिन् । उनले डोल्पाकै मुड्केचुला गाउँपालिका–४ स्थित आफ्नै मामा केशव रोकायाको घरमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । अस्मिताले आत्महत्या गरेकै साँझ सुर्खेतकी १९ वर्षीय सरस्वती घर्ती मगरले पनि झुण्डिएर आत्महत्याको बाटो रोजिन् । उनी गुर्भाकोट नगरपालिका–१२ लाटीगैरास्थित आफ्नै घरको सुत्ने कोठामा सलको पासो लगाएर झुण्डिएकी थिइन् । त्यसको अर्को बिहान गुर्भाकोट नगरपालिका–७ को न