पछिल्ला वर्षहरुमा युनाइटेड अरब ईमिरेट्स (यूएई) मा आत्महत्या गर्ने नेपालीहरुको संख्या बढ्न थालेको छ । भिजिट भिसामा यूएई आएर आत्महत्या गर्ने नेपालीहरुको संख्या पनि उत्तिकै छ । भोजपुरका सागर राईले गत वर्ष मार्चको २३ तारिखमा दुबईको मरिना जुमेराबाट समुद्रमा हाम फालेर आत्महत्या गरे । दलाललाई ३ लाख दिराम तिरेर राम्रो कामको आशामा यूएई आएका राईले दलालले भने जस्तो काम नपाएपछि आत्महत्याको बाटो रोजेका थिए । श्रम स्वीकृति नलिइकन भिजिट भिसामा आएकोले उनले नेपाल सरकारबाट पाउने कुनै पनि क्षतिपूर्ति समेत पाए