पाँचथरमा आत्महत्या गर्ने क्रम बढ्दो

पाँचथर । पछिल्लो समय पूर्वी पहाडि जिल्ला पाँचथरमा झुण्डिएर आत्महत्या गर्ने मानिसहरुको संख्यामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा ५५ जनाले आत्महत्या गरेकोमा गत आर्थिक वर्ष ०७९/०८० मा ६२ जनाले आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्यांकमा उल्लेख छ । यस्तै, आर्थिक वर्ष ०८०/८१ को साउन देखि अहिले सम्ममा १५ जनाले […]

सम्बन्धित सामग्री

उद्योगीहरू समस्यामै समस्यामा परेका हुन् ?

बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा पछिल्ला २ दिनमा तीन जनाले आत्महत्या गरेको समाचार पत्रिकाहरूमा आए । नेपालमा व्यवसाय गर्न वातावरण नै छैन भन्ने खालको सन्देश यी घटनाले दिएका छन् । मीटरब्याजीबाट पीडित भएर वा अन्य कारणले ऋण तिर्न नसकेपछि आत्महत्या गर्ने क्रम बढ्दो छ । समग्रमै अहिले आत्महत्या गर्नेको संख्या बढेको छ यसले आम नागरिकमा चरम निराशा छाएको र विकल्प नदेखेपछि यस्तो बाटो रोजेको पाइन्छ । यस्तो घटनाले अरूलाई पनि उत्प्रेरित गर्ने भएकाले समयमै राज्यले यो समस्यमा ध्यान दिनु आवश्यक छ । देशमा सर्वसाधारणदेखि उद्यमी तथा व्यवसायीहरूमाझमा बढ्दै गएको आर्थिक संकटको अवस्थाले नैराश्य बढाउँदै लगेको छ । अहिलेको अवस्थामा समाजदेखि राज्यले आर्थिक ‘डिप्रेसन’को विषयमा जिम्मेवार भएर सोच्नुपर्ने बेला आएको छ । यस्ता समस्याको बेलैमा समाधान गर्नेतर्फ नलाग्ने हो भने अवस्था अझ भयावह हुनसक्छ । सरकारले ऋण तिर्नुपर्ने समयलाई अलि बढाएर वा ब्याजदर घटाएर वा अन्य कुनै उपायले जनतालाई सहायता गर्नुपर्छ । धेरैजसो व्यवसायीको इतिहास हेर्ने हो भने उनीहरू कैयौंपल्ट असफल भएर नै पछि सफल भएका देखिन्छन् । असफलताले पनि व्यक्तिलाई निकै कुरा सिकाउँछ, व्यावसायिक अनुभव दिन्छ र उनीहरू सफलतातिर उन्मुख हुन्छन् । तर, अहिलेको समयमा भने धैर्य कम भएर हो वा सामाजिक परिवेश त्यस्तै भएर हो, हतारमा आत्महत्याको बाटो रोजेको देखिन्छ । वास्तवमा मुलुकमा व्याप्त चरम राजनीतिक विकृतिका कारण मानिसहरूले आशाको बाटो नदेखेर नै आत्महत्या रोजेका हुन् । कानून पालना र नीतिगत स्थिरता हुने हो भने असफल व्यक्तिमा पनि आत्मविश्वास पलाउन सक्छ । यो विकराल समस्या भइसकेकाले सरकारको पूरै कार्यशैलीमा सुधार नल्याए यस्ता घटना भइरहने देखिन्छ । नवीन कार्की हात्तीगौंडा, काठमाडौं

गोरखामा आत्महत्या गर्ने युवा पुरुष धेरै

गोरखामा पछिल्लो समय आत्महत्याको क्रम बढ्दो छ । १८ देखि २५ वर्ष भित्र उमेरका मानिसहरु आत्महत्याको शिकार बनेका छन् । मानसिक बिचलनका कारण यो उमेरका पुरुष आत्महत्यामा संलग्न देखिन्छन् । ...

युएईमा गएको वर्ष ८४ नेपालीको मृत्यु , आत्महत्या गर्ने क्रम बढ्दो

पछिल्लो समय युएईमा नेपालीहरूले आत्महत्या गर्ने क्रम बढेको तथ्यांक सार्वजनिक भएको छ । सन २०१३ देखि २०१७ सम्म विभिन्न कारणले युएईमा मृत्यु भएका नेपालीहरुका मृत्युका कारणहरुबारे विस्तृत अध्यन गर्दै नेपाली दूतावासले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । दूतावासले सार्वजनिक गरेको तथ्यांकअनुसार सन २०१७ मा मात्रै युएईमा २६ जना नेपालीले आत्महत्या गरेका छन्। जुन अघिल्लो…