काठमाडौं लगन टोलका हीराबहादुर महर्जनको कलेजोमा समस्या देखियो। त्रिवि शिक्षण अस्पताल पुगेर उपचारको प्रक्रिया अघि बढ्यो। त्यही बेला भनियो, 'उपचार गरेर हुन्न। अब कलेजो प्रत्यारोपण गर्नुपर्छ।'
त्यतिबेला नेपालमा कलेजो प्रत्यारोपण सुरु भइसकेको थिएन। भारत जाँदा डेढ करोड भन्दा बढी खर्च लाग्ने। त्यसको जोहो गर्ने सम्भावना न्युन। 'काल पर्खेर बस्नु'को